बाँकेमा गैह्रे (गैरे) कल्याण समाज

बाँकेमा गैह्रे (गैरे) कल्याण समाजको प्रथम जिल्ला भेला गरिएको छ । शुक्रवार बाँके बर्दियाका कौण्डिन्य गोत्रिय गैह्रे (गैरे) बन्धुको भेलाले भेषराज गैरेको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


समाजका केन्द्रीय सल्लाहकार समेत रहेका निर्वाचन संयोजक कमलचन्द्र गैरेका अनुसार, साविकको मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुलाई समन्वय गरी शाखा बिस्तारको समेत जिम्मेवारी पाएको समाजको बाँके जिल्ला कार्यसमिति उपाध्यक्षमा हिमाल गैरे, सचिवमा सागर गैरे र कोषाध्यक्ष हरि प्रसाद शर्मा गैरे निर्वाचित भएका छन् ।

बाँकेमा गैह्रे (गैरे) कल्याण समाजको प्रथम जिल्ला भेलाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई समाजका संरक्षक समेत रहेका केन्द्रीय अध्यक्ष दामोदर प्रसाद गैह्रे पद तथा गोपनियताको सपथ खुवाउँदै


सदस्यहरुमा मणि गैरे, रुद्र गैरे, चतुर्भुज गैरे, सिता गैरे लगायत रहेको गैह्रे (गैरे) कल्याण समाज बाँकेले कार्यसमितिलाई पूर्णता दिंदै आगामी कार्ययोजना तय गर्ने निर्णय भेलाले गर्ने सचिव सागर गैरेले जानकारी दिए ।

त्यसअघि शुक्रबार नै समाजका संरक्षक समेत रहेका केन्द्रीय अध्यक्ष दामोदर प्रसाद गैह्रेले प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा योगदानका साथै वंशजको पहिचानका लागि देशव्यापी रुपमा समाज बिस्तार गर्न लागिएको जानकारी दिए । अध्यक्ष गैरेका अनुसार, पछिल्लो पटक बाँकेमा बनाइएको शाखा १० औं हो ।

‘शनिबार नै सुर्खेतमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने गैरे बन्धुहरुको भेलाले अर्को शाखा बिस्तार गर्नेछ’, अध्यक्ष गैरेले यसैसाता कपिलवस्तु, अर्घाखाँची र गुल्मीमा शाखा बिस्तार गरिएको जानकारी दिंदै भने ।
कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार झलक गैरेले संगठित रुपमा समाजलाई योगदान दिन समाजले जिल्ला स्तरमा सक्रियता खेल्न सुझाव दिए ।


निर्वाचन संयोजक कमलचन्द्र गैरेले गैह्रे (गैरे) हरुको वंशज खोजी गर्र्दै जाँदा कर्णालीको जुम्लामा केही सम्भावनाहरु देखा परेको जानकारी दिंदै भने, ‘कतिपय विज्ञहरुले दैलेखको प्रसंग पनि उठाएका छन्, यो खोजीको विषय हो ।’ समाजले त्यसको खोजी गर्ने र वंशावली प्रकाशन गर्ने योजना अघि सारेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया