बिक्रम संवत २०७२ सालनेपालको इतिहासमा सबैभन्दा निर्मम बर्ष नै मान्नैपर्छ । प्राकृतिक रुपमा मात्रै होइन राजनीतिक र साँस्कृतिक रुपमा पनि त्यो बर्ष नेपाल र नेपालीको लागि असाध्यै निर्मम सिद्ध भएको छ । एकातिर भयानक भुकम्पले नेपालका धेरै सन्ततिले अकालमा ज्यान मात्रै गुमाएनन् आफ्नो थातथलो समेत गुमाउनु पुगे भने अर्कोतिर यस्तै आहतलाई दुरुपयोग गरेर विदेशीहरुले नेपालीत्वको चीरहरण गर्ने, यहाँका मूल कुलधर्म सँस्कृति भाषा सभ्यता र मौलिकता बिरुद्ध जनताको दैलोदैलो चाहर्न अवसरको रुपमा प्रयोग गरे । नेपालीको मूल चाहनाको बिरुद्ध देशको संविधानमा नै नेपालीको इतिहासलाई गाली गर्ने भाषा लेख्ने अवसर मिलाए ।


२०७२ सालमा एकथान संविधान जारी गरियो । आफुलाई सातदशकसम्म प्रजातन्त्रका लागि लडेको, प्रजातन्त्रको एकमात्र मसिहा भनेर दाबी गर्ने पार्टीले समेत उनीहरुले नै भन्ने गरेका प्रजातन्त्रका सबै मूल्य र मान्यताहरुलाई भत्काएर संविधानमा आम नेपाली जनताको अभिमत, इच्छा र चाहना भन्दा भिन्न निर्णय लिपिबद्ध गरे । चारजना टाउकेहरु अँध्यारो कोठामा बसेर एजेण्डा सेट गर्दै नेपालको संविधानमा अर्को प्रयोगवाद लिपिबद्ध गराए । लोकतन्त्र या प्रजातन्त्रका सबै विधि र पद्धतिलाई तिलाञ्जली दिएर हजारौं बर्षदेखिको एउटा स्थापित अध्यायलाई मात्रै भत्काएनन् नेपाली जनताले कुनैपनि बिद्रोह वा आन्दोलनमा दिँदै नदिएको अभिमत‘धर्मनिरपेक्षता’लाई नेपालको संविधानमा जोडे । नेपालको भूगोल विकसका लागि अपरिहार्य श्रोत र साधनको उपलब्धतालाई समेत हेक्का नराखि मौलिक संघीयताको मोडेल समेत दिएनन् । तर पनि आजपर्यन्त ती पार्टीहरु आफुलाई लोकतन्त्रवादी भन्दैगर्दा कुनै लज्जाबोध अनुभूत गरेका छैनन् ।


राज्य धर्मछाडा हुनु या राज्य सञ्चालक धर्मको विवेक शुन्यतामा रहनु भनेको जनताको न्याय र विकास मर्नु हो । धर्मनिरपेक्षता किन ल्याइएको थियो ? किन त्यहाँ जोडिएको थियो ? कस्ले जोडेको थियो ?भन्ने कुरा इतिहासले लिपिबद्ध गरिसकेको छ । यसको हिसाब पनि इतिहासले नै खोज्ने छ । तर यसो गर्नुको पछाडीको मूख्य उद्देश्य भनेको नै नेपालमा परापूर्वकाल देखि चलिआएको मूल कुलधर्मसँस्ृकति भाषा सभ्यता र मौलिकताको बिरुद्ध नै लक्षित गरेर ल्याइएको थियो भन्ने कुरा यो संविधान बनेको पाँच बर्ष बित्दै गर्दा निकै प्रष्ट भैसकेको छ ।


दशबर्षसम्म धर्मलाई ‘अफिम’ भन्दै नेपालीहरुका मौलिक पूजापद्धति,नेपालीका थान, मठ मन्दिरहरु भत्काउँदै हिँडिएको थियो । पूजारी काट्ने देखि क्रियापुत्री घसिट्ने कामहरु भए । टुप्पी काट्ने, सँस्कृत पुस्तक च्यात्ने देखि गाई काटेर जर्बजस्ती कोच्याउने जस्ता कामहरु निकै गर्वका साथ गरिए । यहाँको साँस्कृतिक परम्परामा घात गर्दै कलिला बालबालिकालाई उनीहरुको सँस्कारबाट बञ्चित गराएर आफ्नै आमाबालाई समेत अपमान गर्न सिकाउँदै हिँडाइयो । यहाँको बिशेष अवस्थालाई अस्वीकार गर्न लगाएर नेपालीत्वलाई गाली गर्न सिकाइयो । विदेशी दासताको मानसिकता र आर्दश बोकाएर आधार इलाका घोषणा गरेका ठाउँहरुमा मौलिक कुलधर्मको नास गरेर बन्दुकसँगै बाइबल र चर्चको बन्दोबस्ती गराएर उसको मूल एजेण्डा के थियो भन्ने प्रष्ट पारिएकोछ । त्यस्ता पार्टीका मुखियाले महान क्रान्तिकारीता देखाउँदै यो देशमा चर्चसँग लव परेको, एशुसँग हृदय नै जोडिएको सार्वजनिक भाषणहरु गर्दै हिँडे । जनतामा भ्रम छर्न भैंसी पूजा र हरिद्धारदर्शन गर्नपनि पुगे ।


राजा जनकको राज्य, माता सीताको जन्मभूमि मिथिलामा यो व्यवस्थाको पहिलो दिनमा नै मैथली भाषा सँस्कृति र सभ्यतालाई अपमान गर्दै राज्यको मुखिया नै गैर सनातनीलाई बनाएर सनातनीहरुलाई उनीहरुको अबको एजेण्डा के हो भन्ने सन्देश मात्रै होइन चुनौती पनि दिइयो ? जसको शासनकालमा धेरै कामहरु सनातन बिरोधी भए । मिथिलाको मूख्य पर्व छठको लागि पोखरी पाउन समेत मिथिलाबासीले संघर्ष गर्न पर्ने दिनहरु आए ।


यतिमात्रै भएन केन्द्रको सत्ताका मझेरीमा होस् या बौद्धिकताको ग्यालेरीमा जताततै नेपालको मूलधर्म सँस्कृति, भाषा र सभ्यतालाई गाली गलौच गर्नमा नै बहादुरी सम्झियो । खुलेआम हिन्दूहरुका छोरीचेलीहरु समेतलाईगैरसनातनीहरुले छद्दम नामबाट वा जबजस्र्ती वा लोभलालचमा लवजेहाद चलाउँदा, धर्म परिवर्तन गराउँदा यो संविधान ल्याउनेहरु र बुद्धिजीवी भनिनेहरुबाट अधिकारको संज्ञा दिएर सनातनीहरुको आस्थामा आघात पुर्याइयो ।


रौतहट देखि बाँकेसम्मकतिपय ठाउँमा हिन्दू मन्दिरका पूजारीहरु, साधुसन्तहरु क्ुटिए, मारिए ।सुनसरी लगायतका ठाउँमा हिन्दूहरुका घरमा आगो लगाइयो । तरपनि यास्ता घटनालाई यहि संविधान ल्याउने भनिएका वर्तमान सत्ताका थानेदारबाट चुइँक्क एकशब्द बोलिँएन । उल्टो सनातनीहरुको नै दोष देखाएर उनीहरु माथि नै सत्ताको धाकधम्की र प्रशासन लगाएर धम्काउने कामपनि भए ।
गतबर्षबाट कोरोना कहरको लहरमा लामो समय बन्दाबन्दी भयो । यो बन्दाबन्दिमा सनातनीकाचाडपर्वहरु, पूजा प्रार्थनास्थलहरु, पर्वमेलाहरु, सबै रोकिए । सहनशील र उदार सनातनीहरुले सरकारको तुकलगी फरमानलाई मानिदिए । यसमा हिन्दू समुदायले कुनै आपत्ति मानेन । सरकारको निर्णय हो भनेर मौन बस्यो । तर जब गैरहिन्दूका कुनै कार्यक्रमहरु आए त्यसबेला सरकारी फरमान आउन सकेन । कहिँ कतै निकै मधुरो स्वरमा फरमान होइन अनुरोध आयो । यो कस्तो भेदभाव ? सनातनीहरु माथिको यो बिभेद त्यो पनि उनीहरु कै मूल भूमिमा । सरकारका यस्ता फरमानहरुले कतिबेला त नेपालमा नभएर पाकिस्तान वा इटलीतिर बसेको पनि अनुभूत नभएको होइन ।

नेपालमा इस्लामिक शिक्षा अध्यापन गराउनका लागि र मस्जिदका मौलवी पाल्न झण्डै ६०० वटा मदरासाहरुलाई सरकारले शिक्षा बजेटबाट नियमित बजेट दिने गरिएको छ । चर्चका प्राथनागृहहरु बनाउन स्थानीय सरकारहरुबाट रकम विनियोजन गरेका कुराहरु आएका छन् । शक्तिशाली इस्लामिक आयोग र इस्लामिक विश्वविद्यालयको वकालत गर्नेमा तीनै क्रान्तिकारी भनिनेहरु अग्रपंङ्तिमा छन् । तर नेपालको रैथाने सँस्कृतिमा पल्लवित भएका भाषा पढाउन कुनै विद्यालयलाई प्रबर्धन गरेको पाइँदैन । पशुपतिनाथको भेटी सरकारी ढुकुटीमा हाल्ने सरकारले त्यहि पशुपतिनाथको गुठीको जग्गामा गैर हिन्दूको कब्रिस्तान बनाउँन मौन स्वीकृति दिन्छ । यसको बिरोध गर्नेलाई डण्डा लगाउँछ । मुद्दा चलाउँछ । के यो व्यवहारले यहाँका मूलधर्मसँस्कृति भएकाहरुलाई पाकिस्तान वा भ्याटिकनतिर भएको झल्को दिँदैन र ?
भगवान श्री रामकी धर्मपत्नी माता सीताकोजानकी मन्दिरको परिसरमा यहि सत्ताका गैरहिन्दू शासकले आफ्नो फोटो लगेर ब्यानर टाँस्छ, गैर हिन्दूले जानकी मन्दिरको परिसरमा रहेको विवाहमण्डपमा गएर इस्लामिक झण्डा फहराउँदै टिकटक बनाउँछ । कुरा उठाउँने हिन्दूयुवाहरुलाई डण्डा लगाउँछ गैर हिन्दूबाट धम्कीका फोन आउँछन् । सरकार रमिते बन्छ ।


सरकारी पैसाबाट मदरसामा गणित विज्ञान वा प्राविधिक विषय नपढाए पनि हुने र अब दिनायात (इस्लाम धर्मको पूस्तक ) पढाउने भनेर यहि सरकारको शिक्षा मन्त्रालयले निर्णय गर्छ । सनातन सँस्कृतिको मूलभमिमा सरियत कानून (इस्लामी कानून) को माग गर्ने वातावरण बनाउने काम गरेर यो सरकारले समेत सनातनी हिन्दू,बौद्ध जैन किराँत र बोन सम्प्रदाय माथि जबर्जस्त प्रातण्डना दिने काम गरेको छ ।
जुन देश वैदिक हिन्दू, बौद्ध, जैन, किराँत र बोन परम्पराको मूल भूमि हो त्यहाँ उनीहरुलाई अल्पमतमा देखाउन जनगणनामा समेत बिभिन्न खाले कैफियत गरिएका समाचारहरु आइरहेका छन् । यहाँ आफ्नै मूलभूमिको आस्थाका लागि न कुनै साँस्कृतिक अग्राधिकार छ न उनीहरुको लागि राज्यद्धारा संरक्षणको कानून छ । तर जुन धर्मसँस्कृतिको मूलभूमि नेपाल होइन, जसको जरो र किलो नै नेपालको भूमिमा छैन त्यसलाई राज्यले संयन्त्र नै बनाएर संरक्षण गरेको छ । उनका तीर्थाटनको लागि राज्यले नै समिति बनाएको छ । हजका लागि राज्यले व्यवस्था गर्छ तर यो देशको मूलधर्मलाई गाली गर्नेलाई बिद्धान भन्दै पुरस्कृत गर्छ । यो भन्दा हेपाहा प्रबृति र यो २०७२ सालले निम्ताएको निर्ममता नभने के भन्ने ?


कुनै समय मन्दिरै मन्दिरको र जात्रैजात्राको शहरले चिनिने काठमाण्डौं उपत्यका, गुठीपरम्पराले चिनिएको त्यहाँको सँस्कृतिलाई सरकारी संयन्त्रबाटै मास्ने योजनाहरु बेलाबेलामा आउने गरेका छन् । मन्दिरहरु खण्डहर बनाउँदै मन्दिरहरुका जग्गा कब्जा गर्न खुलेआम छुट दिइएको छ । मन्दिरै मन्दिर र जात्रैजात्राको शहरलाई अब आफ्नो परिचय बचाउने चुनौती बनेको छ ।
संसारमा एकमात्र शालिग्राम पाइने नदि (कालीगण्डकी) को शिर मुक्तिनाथलाई मानिन्छ । यसै कारण कालीनदिको संगमस्थल देवघाटको महत्व बढेको छ । कुनैसमय सँस्कृतको केन्द्र बनेको काशी वनारसको स्थान लिन लागेको देवघाटको महत्व नै धरापमा पार्नेगरि काली गण्डकीलाई डाइभर्सन गराएर मेट्न राज्य नै लागेको छ । हिन्दूहरुले यसमा आवाज उठाउँदा विकास विरोधी भन्दै तथानाम गालीगलौच गरिन्छ ।


नेपालका मौलिक पूजापद्धति, चाडपर्वहरुले नेपाल कै एकतालाई, नेपाली अर्थतन्त्रलाई, नेपालको पारिवारिक सम्बन्धलाई सधैं बलियो बनाउँदै आएको सत्यलाई वर्तमानको यो सत्ता र यसले पुरस्कृत गरेका बुद्धिजिवीहरुले कहिल्यै मुक्तकण्ठले प्रशंसा गर्न सकेका छैनन् । पशुअधिकारको कुरा गर्र्नेहरुले कुखुराका साप्रा र सेकुवा खाँदै एउटा कुकुर मर्दा माइतीघर मण्डला देखि मिडियामा रोइलो गर्छन तर विज्ञानले पनि महत्वपूर्ण मानिसकेको गाइको संरक्षणको आवाज उठाउँदा अराजकवादी, धर्मभीरु र साम्प्रदायिक भन्न अगाडी सर्छन् । सनातनीका चाडपर्वलाई बहिष्कार गर्ने, गाली गर्ने, हिन्दूका आरध्यदेव भगवान शिवजी,विभिन्न तीर्थस्थलहरुलाई मदिराका विज्ञापनहरुसँग जोडेर छाप्ने सञ्चार जगत समेतले हिन्दूहरुको आस्था माथि खुलेआम आक्रमण गरेको छ ।सनातनीहरुका महत्वपूर्ण पर्वहरुमा समाचारपत्रहरुले रक्सीको बिज्ञापन छापेर देवीशक्ति पूजा दशैंको, तिहारको, छठको शुभकामना दिन्छ । भगवान शिव, दुर्गाको फोटो रक्सीको बिज्ञापनसँग छापेर चाड मनाऔं भन्दै अपमान गर्छ ।


ज्यादती जो कोहि माथि भएपनि निन्दनीय नै हुनुपर्दछ । कुनैपनि धर्मको आशय अरुको आस्था माथिको दुरासयपूर्ण व्यवहार बन्नु हुँदैन । कसैको आस्था माथि आक्रमण गर्नु, मास्नु, अपमान गर्नु, कसैको मूलभूमिमै त्यसबिरुद्ध एजेण्डा चलाउनु सबै अपराध हो तर नेपालका राजनीतिक पार्टीहरु यसका नेताहरु, बुद्धिजिवी र अधिकारकर्मीहरु दुनियाँमा हिन्दूइतर माथि कसैको ज्यादती भएको देख्दा मात्रै मिनेट मैं बोल्छन् र लेख्छन् । रोहिङ्गाहरुको मानवाधिकारको कुरा गर्दै काठमाण्डौंमा क्याम्प बनाउने वकालत गर्छन् । सनातनीहिन्दूहरु माथि अत्याचार भैरहँदा, मन्दिरहरु भत्काइँदा, हिन्दूहरुका घर जलाइँदा, हिन्दूका छोरीचेली बलात्कृत भैरहँदा एकशब्द बोल्न चाहँदैन । यो जस्तो निकृष्टता र हिन्दूहरुप्रतिको उदेकलाग्दो व्यवहारले हिन्दूहरु नै प्रताण्डित भएका छन् भन्न मिल्दैन र ?


नेपालीहरुको आस्थामा भएको हस्तक्षेप र पीडालाई समाजिक सञ्जाल वा अन्य कुनै मिडियाबाट अभिव्यक्त गर्नखोज्दा यो देशको शासनसत्ता प्रशासन धार्मिक सद्भाव खल्बलाउन लागेको भनेर हिन्दूलाई नै प्रताण्डित गर्ने कानूनी डण्डा लिएर उभिन्छ । यो लेख सार्वजनिक गरेपछि यो पङ्तिकारलाई यस्तै आरोप आएमा कुनै अन्यथा हुनेछैन । किनकि यहाँ त हिन्दूका, सनातनका, यो देशका मूल कुलधर्मसँस्कृतिका, भाषा र सभ्यताका कुरा गर्यो कि अराजक, शान्ति बिरोधी, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी भइन्छ । तर मलाई मेरो मौलिकताको बारेमा, मेरो मूल, कुलधर्मको बारेमा र सनातनको बारेमा बोल्न र लेख्न यसमाथि भएको अन्यायको बारेमा बोल्न र लेख्न कुनै सत्ताको अनुमति लिइरहनु पर्दैन । यो भूमि मेरो हो, सनातन हिन्दू बौद्ध जैन किराँत बोनको मूलभूमि हो । भ्याटिकन, यरुशेलम र मक्कामदिनालाई सनातनको मूलभूमि हो भन्ने मेरो दाबी होइन तर सनातनको मूलभूमिलाई मेरो मूलभूमि हो भन्न र मेरो यहाँ अपमान गर्न मिल्दैन भन्ने अधिकारमायो २०७२ सालको संविधानले रोक्नछेक्न सक्दैन । के हामीहरु सधैं आफ्नै मूल भूमिमैं अपमानित भएर बस्नु पर्ने हो र ?

प्रतिक्रिया

प्रतिक्रिया