भावुक योगी
नेपाली कांग्रेस बर्दियाको सभापतिमा संस्थापन पक्षका अरुण सिंह राठौर विजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनबाट संस्थापन पक्षका राठौर ८ सय ७० मत ल्याएर विजयी भएका हुन् । जिल्ला कार्यसमितिमा राठौर सहितको प्यानल विजयी भएको छ ।

राठौरले निकटतम प्रतिद्वन्द्वी इतर पक्षका भुवनेश्वर चौधरीलाई ६ सय ७८ मतका विरुद्ध ८ सय ७० मत प्राप्त गरेका हुन् । चौधरीलाई १ सय ९२ मत अन्तरले पराजित गर्दै राठौर विजयी ुभएको निर्वाचन अधिकृत लक्ष्मी नेपालले जानकारी दिएका छन् ।
यस्तै उपसभापतिमा संस्थापन पक्षकै गोविन्द प्रसाद थारु, सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे, मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल, मेक बहादुर गुरुङ्ग निर्वाचित भए । दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा १ हजार ६ सय २२ जना मध्ये सोमवार १ हजार ५ सय ७८ मत खसेको थियो ।
मंगलवार भएको मतगणना विजयी घोषित सभापति अरुण प्रकाश सिंह राठौरले अधिवेशनमा हुने प्रतिस्पर्धा आफैमा आन्तरिक लोकतान्त्रिक अभ्यास रहेको बताए ।