‘योजनामा तिव्रता’ दिंदै वडाध्यक्ष बर्मा, ‘अब नयाँ योजनामा काम’

चालु आर्थिक वर्षमैं चार बाटो पीसीसी सकियो, एक कालोपत्रे


नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले चालु आ.व.को योजना कार्यान्वयनलाई तिव्रता दिएको जानकारी दिएको छ । वडाध्यक्ष दिपक कुमार बर्माले चालु आ.व.का सबै योजनाहरु समयमै सक्ने गरी पूर्वाधार निर्माण तथा लक्षित वर्गका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिएका छन् ।


अध्यक्ष बर्माले तेज नगरमा २३ लाख रुपैयाँ लागतमा १ सय मिटर कालोपत्रे र चार वटा बाटो पसीसीको काम चालु आ.व.मा सकिसकेको बताएका छन् । उनले थप एक सडकको पीसीसी आज मंगलबार सकिने जानकारी दिएका छन् ।


कारी बेहना घरदेखि कल्लु बढाईको घरसम्म, चण्डी कुर्मीको घरदेखि चौधरी चिया पसलको घरसम्म, त्रिलोकी बर्माको घरदेखि यादव टोलसम्म, गोम्तीको घरदेखि उत्तर इनारसम्मको बाटो पीसीसी कार्य सकिएको हो ।


त्यस्तै, वडाले तेज नगरमा जितबहादुरको घरदेखि कालिबहादुरको घरसम्म पीसीसी दुई तर्फ नाली सहित सुरु गरिसकेको जानकारी दिएका छन् । ‘सबै योजनाहरु समयमै सक्ने गरी योजना बनाएर काम गरिरहेका छौं’, उनले भने, ‘टेण्डर गर्नुपर्ने योजनाको पनि टेण्डरका लागि आवश्यक प्रक्रिया सुरु गरिरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया