पालिका सम्मेलनमा माओवादी केन्द्रीतः कसरी छानिंदैछ नेतृत्व ?

नेकपा माओवादी केन्द्रले शनिवार देशैभर पालिकास्तरिय सम्मेलन आयोजना गरि नेतृत्व छनोट प्रक्रिया थालेको छ ।
त्यस क्रममा बाँकेका खजुरा, जानकी र डुडुवामा शनिवारनै नेतृत्व चयन गरिएको पार्टी जिल्ला अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार, खजुरा गाउँपालिकाको अध्यक्षमा रामकुमार बिक र सचिव धनराम ओली सहित ४९ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएको छ ।

जानकीमा रक्षाराम बर्माको अध्यक्षतामा ४५ सदस्यीय र डुडुवामा भोला यादवको नेतृत्वमा पालिका कमिटी चयन गरिएको छ ।


नेपालगन्जमा यो समाचार तयार पार्दासम्म नेतृत्व चयन प्रक्रियाका लागि छलफल चलिरहको छ । ‘आजै टुंगो लगाउने गरि हामी छलफलमैं छौं, माओवादी युवानेता नविन शर्माले दैनिक नेपालगन्जसँग भने ।’ कोहलपुर, राप्ती सोनारी, बैजनाथ र नरैनापुरमा नेतृत्व सर्वसम्मत गर्ने पलहमा नेताहरु जुटेको बताइन्छ ।

उद््घाटन कार्यक्रम भने सबै पालिकामा भव्य रुपले आयोजना भएको अध्यक्ष खरेलले बताए ।
खजुरामा सम्मेलनको उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सांसदसमेत रहेका पार्टी अध्यक्ष आइपी खरेल, लुम्बिनी प्रदेश सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज डम्बर बिक तुफान, सहिद परिवारका तर्फबाट कान्तु गौतम, कम्युनिस्ट अग्रजका तर्फबाट मानबहादुर वली लगायतले सम्बोधन गरेका थिए ।


नेपालगन्जमा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज हकिउल्लाह खाँले पालिका सम्मेलन उद्घाटन गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज अकलबहादुर बम, प्रदेश सदस्य नवीन शर्मा, संबिधानसभा सदस्य तथा पूर्व केन्द्रिय सदस्य, अन्जना चौधरी, जिल्ला सचिवालय सदस्य दामोदर आचार्य, युवा नेता रतनबहादुर शाही, किसान अभियन्ता ताराप्रासाद खत्री, मजदुर नेता बसन्त मल्ल लगायतका नेताहरूको सम्बोधन गरेका थिए ।


कोहलपुरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सम्मेलन उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया