बाँकेका थप दुई जना कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा खोपको अभियान चलेसँगै मापदण्ड पालनामा लापरबाही भइरहँदा मृत्युका घटनापनि पुनरावृत्ति भइरहेको हो ।
भेरी अस्पतालका अनुसार, कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।
त्यत्सै, पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।