साइक्लिङ्ग क्लबको नेतृत्वमा सतिश

बिहीबार बाँकेको खजुरामा भएको नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशनले सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नेपालगन्ज साइक्लिङ्ग क्लबका संस्थापक अध्यक्ष समेत रहेका निरौलाको अध्यक्षतामा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दिप कार्की, उपाध्यक्ष चन्द्र श्रेष्ठ, सचिव प्रदीप सापकोटा, सहसचिव कविराम बुढाथोकी र कोषाध्यक्ष राजेस गुप्ता रहेका छन् ।
समितिको सदस्यमा प्रेम केसी, कृष्ण खनाल, बाबुराम बिश्वकर्मा, निरज कार्की (अल्भिन), रमेशराज रेग्मी, बिजयन्द्र जिसि, पंकजमान श्रेष्ठ, शुभकर मल्ल र दिपक मल्ल चयन भएका छन् ।

बाँकेको भएको अधिवेशनको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका थिए । त्यसक्रममा उनले नेपालगन्ज साइक्लिङ क्लबको गतिविधि प्रशंसनीय रहेको बताएका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिका वडा न–४ का अध्यक्ष तिलकविर सुनार, क्लबका संस्थापक उपाध्यक्ष पंकज श्रेष्ठ, क्लबका संस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरि, क्लबको अधिवेशन निर्वाचन प्रमुख पूर्ण ढकाल लगायतले बोलेका थिए ।

क्लब अध्यक्षा गगन सिह थापाको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन सचिव सुरेन्द्र कार्कीले गरेका थिए ।

तेस्रो अधिवेशन तथा ५ औं साधारणसभामा कोषाध्यक्ष शालिक सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रस्तुत गरेको प्रतिवेदन सुझाव सहित साधारणसभाले पास गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया