लागू औषधमुद्दा फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी करार एक फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । बाँकेको राप्ती सोनारी गा.पा.५ बिनौना बस्ने वर्ष ५० को चक्र बहादुर थारु लागू औषध मुद्दामा दोषी करार भएपनि परार रहेकोमा प्रहरीले मंगलवार पक्राउ गरेको हो ।


बाँके जिल्ला अदालतको गत मा २२ गतेको फैसलाले १० महिना ५ दिन कैद र पचास हजार जरिवाना तोकिएको थारुलाई पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख गरिएको छ । हालसम्म फरार थारुलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया