काँग्रेस अधिवेशनः चार पालिकामा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार चार वटै पालिकामा मतदान भएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतदान भएको हो ।

बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री (केसी) ६८ प्राप्त गरेर विजयी भएपछि समर्थक तथा अन्य पदाधिकारी सहित ।


बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री (केसी) ६८ प्राप्त गरेर विजयी भएका छन् । निर्वाचन समितिका अनुसार, निकटतम प्रतिस्पर्धी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरे।
यसैगरी सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गरे । सह–सचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत ल्याएर विजयी भएका छन् ।


प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधीमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए। बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको थारुले बताए ।


नेपालगन्ज उपमहानगरपालिकामा मतदान सम्पन्न पश्चात यो समाचार तयार पारुन्जेल मत गणना भइरहेको छ । मतदान अधिकृत सुभास गौतमका अनुसार, उपमहानगरपालिकामा कुल ३ सय ७७ मत खसेको थियो । मत परिणाम आजै राती सार्वजनिक गर्ने गरी गणना चलिरहेको गौतमले बताए ।

नेपाली कांग्रेसको नेपालगन्ज नगर उपसभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा २३७ र अन्सारी १४४ मतका साथ उपसभापतिमा निर्वाचित भएका हुन् । उनीहरु दुबै जना प्रशान्त विष्ट प्यानलबाट उम्मेदवार बनेका थिए । 

नगर अधिवेशनमा ३८२ मत मध्ये ३७७ मत खसेको थियो । चुनावमा तीन वटा प्यानल प्रतिष्पर्धामा थिए । सचिवमा पनि विष्ट प्यानलनै आएको छ ।

राप्ती सोनारी गाउँपालिकामा मतदान सम्पन्न भएर शुक्रबार बिहान ८ बजे मत गणना गरिनेछ । मतदान अधिकृत प्रेम शर्माका अनुसार राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता संख्या मध्ये १ सय ७३ मत खसेको छ ।


कोहलपुर नगरपालिकामा अबेर साँझसम्म मतदान चलिरहेको छ । कोहलपुरमा कुल ३ सय १४ मतदाता संख्या रहेको छ । मतदान अधिकृत प्रभाकर भट्टराईले शान्तिपूर्ण रुपले मतदान चलिरहेको जानकारी दिए । प्राविधिक कुरा मिलाउने क्रममा मतदान ढिलो गरी सुरु भएको दावी गरे ।


जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले पालिका तहको निर्वाचन परिणाम शुक्रवार सम्म आइपुगेमा शनिबार सम्म प्रदेश सभाको उम्मेदवारी मनोनयन गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

काँग्रेस पालिका निर्वाचनः अधिकाँशमा प्रतिष्पर्धा, कहाँ भए सर्वसम्मत ?

प्रतिक्रिया

प्रतिक्रिया