काँग्रेस निर्वाचनः आज पालिका मनोनयन, भोलि निर्वाचन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा आज बुधवार पालिका निर्वाचनका लागि मनोनयन गरिने भएको छ । वडा तहको निर्वाचन सक्किएसंगै पालिका तहको निर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।


निर्वाचन समितिका अनुसार, वडा तहको सबै परिणाम आइसकेकाले बुधवार पालिकाको निर्वाचनका लागि मनोनयन र विहीवार निर्वाचन हुनेछन् ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिका सभापति पदका तीन जना आकांक्षी देखिएका छन् । तीनै जनाले उम्मेदवारी घोषणा गर्दै निर्वाचन अभियानका उत्रिएका हुन् ।


आगामी नेतृत्वका लागि वर्तमान नगर सभापति प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर र तरुण दलका जिल्ला सचिव बिनोद रिजालले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन् ।
वडा तहमा अधिकाँश सर्वसम्मत नेतृत्व चयन गरेको काँग्रेसमा पालिकाबाट भने प्रतिष्पर्धात्मक ढंगले अगाडी बढ्ने देखिएको छ ।

कोहलपुर नगरपालिकामा विरेन्द्र शाह र राजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बैजनाथ गाउँपालिकामा देव बहादुर केसी, केशर खड्का र रामबहादुर विष्ट तथा राप्तीसोनारी गाउँपालिकामा भिम बहादुर राना र तुलाराम खत्री सभापतिका उम्मेदवार बन्ने भएका छन्।


त्यस्तै, नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ र रामानन्द शर्मा, डुडुवा गाउँपालिकामा विजय कुमार यादव र सब्बिर खाँ, खजुरा गाउँपालिका राजकिशोर महतरा र रमेश सिजालीले उम्मेदवारी दिने घोषणा गरेका छन् । जानकीमा दयाराम यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया