न्यायको लडाईमा बेपत्ता परिवार, अझै दर्ता भएन जाहेरी

सरकारी वकिल कार्यालयले पनि बेपत्ता घटनाको जाहेरी दर्ता गर्न इन्कार गरेको छ । न्यायको आश राख्दै बाँकेका २ र बर्दियाका २ बेपत्ता घटनाका पीडितहरु बल पुर्वक बेपत्ता बिरुद्धको अन्तराष्ट्रिय दिवसका सन्दर्भ पारेर प्रहरीमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले द्धन्द्धकालिन घटना भन्दै दर्ता गर्न इन्कार गरे पछि त्यस उपर पीडितहरु सरकारी वकिल कार्यालयमा निवेदन पेश गरेको भए पनि सरकारी वकिल कायालयले द्धन्द्धकालिन घटना बेपत्ता आयोगले हेर्ने भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेको पीडित पदम थारुले बताए । पीडितको न्यायमा कानूनी सहयोग गर्दै आएका एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले दर्ता गर्न सकिने कानुनी प्रावधान भए पनि प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता नगरेको जानकारी दिए । बेपत्ताको घटना निरन्तरको अपराध भएकाले मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय कानून र नेपालीे कानून बमोजिम अपराध अनुसन्धान गर्न सकिने भए पनि हदम्यादको कारण देखाउदै प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्न इन्कार गरेको अधिवक्ता गौतमले बताए ।


द्धन्द्धकालमा बेपत्ता पारिएका बाँके नेपालगंजका भुपेन्द्र उप्रेती र कोहलपुरका धन बहादुर कामीको हकमा चन्द्रकला उप्रेती र देवीसरा बिकले गत भाद्र १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरे पछि उनीहरु जाहेरी दर्ताका लागी गत असोज ७ गते जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा गएका थिए ।

यसै गरि बर्दिया बानियाभारका सुरेश वली र मनाउका राधुलाल थारु समेत ८ जना बेपत्ता पारेको घटनाको सम्बन्धमा पीडित परिवारहरु भाद्र २० गते जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दर्ता गराउन गएका थिए ।

लामो समयसम्म लास न सासको अवस्था थाहा पाउन नसकेका पीडितहरु परिवारहरु सुरेश वलीकी श्रीमती देवीसरा वली र राधुलाल थारुका बाबु पदम बहादुर थारु समेतका पीडित परिवारले प्रहरीमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।

प्रहरीले लामो समयसम्म झुलाई जाहेरी दर्ता नगरे पछि कार्तिक २५ गते जिल्ला सरकारी वकिल कार्यालय बर्दिया पुगेका पीडितहरु सरकारी वकिल कार्यालयले पनि जाहेरी दर्ता गर्न नसकिने बताए पछि थप न्यायिक लडाई लड्ने बताएका छन् ।

बेपत्ता सुरेश वलीकी श्रीमती देवीसरा वलीले सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरे पनि त्यस उपर उच्च अदालत जाने बताईन । हामी यत्तिकै थाकेका छैनौ । प्रहरी र सरकारी वकिल कार्यालयको जाहेरी दर्ता नगर्ने कार्य बिरुद्धमा अदालतमा उजुरी दिने वलीले बताईन ।
दोलखा जिल्ला चरीकोट नाम्दु– १ घर भई हाल नेपालगन्ज–१ धम्बोझी बस्दै आएकी चन्द्रकला उप्रेतीले आफ्ना श्रीमान पति भुपेन्द्रराज उप्रेतीलाई मिति २०६० साल मंसिर २३ गते सुरक्षाकर्मीद्धारा नेपालगंजबाट पक्राउ गरि हालसम्म वेपत्ता पारिएको बिषयमा घटनामा संलग्न पीडकलाई कारवाही न्यायको माग राख्दै जाहेरी दिन खोजेका थिए ।

कोहलपुर नगरपालिका–११ कालिकानगरकी देवीसरा विकले पति धनसिंह कामी (विक) समेत ५ जनालाई लाई सुरक्षाकर्मीद्धारा २०५९ साल वैशाख १३ गते वेपत्ता पारिएको बिषयमा उजुरी दिएको भए पनि प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता गर्न नमानेको बताईन । प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता नगरे पनि आफुहरुको न्यायिक लडाई नरोकिएको र त्यस उपरमा अदालत जाने देवीसरा बिकले बताईन र्।

बेपत्ता पारिएको २० बर्षसम्म घटनाको सत्यतथ्य थाहा पाउन नसकेको पीडित परिवारहरु न्यायका लागी प्रहरीले जाहेरी दर्ता नगरे पछि त्यस उपर अदालत जाने तयारी गरेका छन् । पीडित परिवारहरु दोषि माथी कारवाही र परिपुरणको माग दावी सहित प्रहरी र सरकारी वकिल कार्यालयमा पुगेका हुन ।

एडभोकेसी फोरमको कानूनी सहायोगमा जाहेरी दर्ता गराउन बर्दिया बानियाभारकी देवीसरा वली र मनाउका पदम थारु र गरिववा थारु ०७८ भाद्र २० गते आईतवार जिल्ला प्रहरी कार्यालय बर्दिया पुगेका थिए ।

सुरक्षाकर्मीद्धारा नियन्त्रणमा लिई हालसम्म बेपत्ता पारिएका सुरेश वलीको हकमा निजकी पत्नी देवीसरा वली जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुगेकी थिईन । २०५९ साल पुष ७ गते बिहान ७ बजे, बर्दियाको भुरीगाउँ बजारबाट प्रहरीले एक छिन काम छ भनी बोलाएर गैर कानूनी पक्राउ गरि गाडीमा राखी लगेको थियो । केहीबेर इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखी जिल्ला प्रहरी कार्यालय बर्दियामा लगेकोमा त्यहिबाट सुरेश वलीलाई हालसम्म बेपत्ता पारिएको छ ।

यसै गरि मध्यरातमा घरघरैबाट नियन्त्रणमा लिई बलपुर्वक बेपत्ता पारिएका बर्दिया मनाउका १९ बर्षिय राधुलाल थारु र १५ बर्षिय चिल्लु थारुसंगै एकै दिन सुरक्षाकर्मीले गैर कानूनी रुपमा पक्राउ गरिएका धनी राम थारु (१५), सोनी राम थारु (१४ बर्ष), प्रेम प्रकाश थारु (१८), कमला थारु (१६), मोहन थारु (१८), लौटी थारु (१८) को हकमा राधुलाल थारुका बुवा पदम थारु र चिल्लु थारुका बुवा गरिववा थारुले पनि संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त पेश गरेका थिए । प्रहरीले जाहेरी दर्ता नगरे पछि त्यस बिरुछ कार्तिक २५ गते जिल्ला सरकारी वकिल कार्यालय बर्दिया पुगेका थिए । सरकारी वकिल कार्यालयले पनि यो मुद्धा बेपत्ता आयोगले हेर्ने भन्दै जाहेरी दर्ता गर्न इन्कार गरे पछि पीडित परिवार अदालत जाने तयारी गरेका हुन ।

मिति २०५८ साल चैत्र २९ गते संयुक्त सुरक्षा फौजले गाउँ घेरा हाली गाउँका ८ जना युवाहरुको घर घरमा गई जवरजस्ती घर भित्र प्रवेश गरी रातीको समयमा घर भित्र सुतेका उनीहरुलाई तेरो नाम के हो भनेर नाम सोध्दै एक छिन बैठकमा जानु छ र त्यस पछि कर्णालीको ड्रम पुल तोड्नु छ भनेर बिस्तराबाटै उठाई जवरजस्ती नियन्त्रणमा लिई आफुहरुसंगै लगेर आठै जनालाई बेपत्ता पारेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया