बन्दले बाँके प्रभावित, सडकमा विप्लवको नाराबाजी

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

बाँकेमा जबर्जस्ती बन्द गराउन खोज्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जको सडकमा नेकपामा कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् ।

प्रतिबन्ध पछि सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका कार्यकर्ताले खुलेआम नाराबाजी गरेको पहिलो घटना हो ।
नेकपाले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया