एमाले अध्यक्ष ओली नेपालगन्ज आउँदै

नेकपा एमाले केन्द्रीय अध्यक्ष ओली मंसिर १ गते नेपालगन्ज आउने भएका छन् । बाँकेमा ३ हजार बढी विभिन्न पार्टीका व्यक्ति एमाले प्रवेश गर्ने भएपछि ओली औपचारिक कार्यक्रमका लागि नेपालगन्जमा आउन लागेको एमाले बाँकेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महाधिवेशन नजिकिंदै गर्दा अध्यक्ष ओली नेपालगन्ज आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पत्रकार सम्मेलनमा एमाले बाँके उपाध्यक्ष किस्मत कुमार कक्षपतिले एमालेको केन्द्रीय अधिवेशन सफल बनाउन आव्हान गरे । पार्टीलाई बाँकेमा पहिलो बनाउने गरी कार्ययोजना सहित अगाडि बढेको पार्टी केन्द्रीय सदस्य मो. हारुनले जानकारी दिएका छन् ।

सुर्य चिन्हबाट विगतमा निर्वाचनमा होमिएका पशुपति दयाल मिश्र सहितका नेताहरु एमाले प्रवेश गर्न लागेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । मिश्रसँगै साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजा प्रसाद पाठक लगायतकाहरु एमाले प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया