नेपालगन्ज स्वीमिङ टिमले जित्यो ७ गोल्ड

चितवनमा भएको प्रथम एलटिके स्वीमिङ मिटमा नेपालगन्ज स्वीमिङ टिमले ७ वटा गोल्ड सहित २० वटा मेडल जित्न सफल भएको छ ।

प्रतिस्पर्धामा नेपालगन्जबाट सुमन न्यौपाने, अजय परिया, विशेष सिंह, अनन्त प्याकुरेल, दिवस रेग्मी, अमित रावल, सुभाङ्ग बोहोरा, सुशान्त बोहराले सहभागिता जनाएका थिए । सुमन न्यौपानेले खेलमा नेपालगन्ज टिमको प्रदर्शन उच्च रहेको बताए । नेपालगन्ज टिमका कोच चन्द्र राम चौधरी रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया