काँग्रेस वडा अधिवेशनः मतदानबाट नेतृत्व चुन्दै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा आज आइतवार मतदान शुरु भएका छन् । निर्वाचन परिचालन समितिका आनुसार, निर्विरोध निर्वाचित हुन नसकेका वडामा शान्तिपुर्ण रुपमा मतदान कार्यक्रम सुरु भएको हो ।

मतदान भइरहेको बुथमा निर्वाचन समितिको अनुगमन


निर्वाचन कार्यक्रम अन्तरगत शनिबार बाँकेका ८१ मध्ये ५२ वटा वडामा निर्विरोध भएको थियो । ती वडामा वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधीका लागि मतदान सुरु भएको सहायक जिल्ला निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिएका छन् ।


निर्वाचन कार्यक्रम अन्तरगत मतदान शान्तिपुर्ण रुपमा सुरु भएको हो । प्राबिधिक रुपमा कुनै समस्या नआए मंसिर १ गते हुने ूगाउँपालिका र नगरपालिकाू स्तरीय निर्वाचन कार्यक्रमका लागि कात्तिक ३० नै उम्मेदवारी मनोनयन हुने समितिको भनाइ छ ।


आइतवार भइरहेको मतदानका लागि अनुगमन भइरहेको समितिले जनाएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम निर्वाचन अधिकृत रेवती रमण भट्टराईको नेतृत्वमा समितिका सदस्य तथा डिएलए बाँकेका अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, समितिका सदस्य एवम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, निर्वाचन समितिका सदस्य एवम शिक्षक संघका सचिव ऋषिराज शर्मा बिहानै देखि कोहलपुरका विभिन्न वडा, राप्ती सोनारीको २ र ८ तथा बैजनाथ, नेपालगन्ज लगायत स्थानको अनुगमनमा खटिएका हुन् ।

सर्वसम्मत निर्वाचित भएका अशोक कुमार श्रेष्ठ निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिंदै


जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता भोलासिङ हमालको नेतृत्वमा अधिवक्ताद्वय प्रेम शर्मा, गोपाल गिरी लगायत नरैनापुर गाउँपालिका सहित र राप्ती सोनारीको वडा नम्बर ६ को अनुगमनमा खटिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया