अम्बे फर्निसिङ्गले ल्यायो प्रख्यात ब्राण्ड ‘भि–बन चेयर’

नेपालगन्जमा देशकै उत्कृष्ठ डिलर, आजबाट ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालन

घर वा कार्यालयमा अत्याधुनिक फर्निचर प्रयोगको प्रचलन बढ्दै जाँदा नेपालगन्जमा अम्बे फर्निसिङ्गले अन्तर्राष्ट्रियस्तरको प्रख्यात ब्राण्ड ‘भि–बन अर्गानोमिक्स कुर्सीको ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालन ल्याउने भएको छ ।


दुई दशकदेखि फर्निसिङका लागि प्रतिष्ठित ब्राण्ड बनिरहेको सुर्खेत रोडस्थित अम्बे फर्निसिङ गार्डेनमा आज शनिवार ‘एक्सक्लुसिव शो–रुम’को शुभारम्भ गरिने अम्बेका प्रवन्ध निर्देशक पंकजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, ७ हजार ८ सयदेखि एक लाख २९ हजार ८ सय रुपैयाँ मूल्यसम्मका विभिन्न १८ भेराइटीका कुर्ची शो–रुमबाट विक्री गरिंदैछ ।


नेपालमा ३२ वटा डिलरबाट विक्री वितरण भइरहेको भि–बन कुर्चीका लागि नेपालगन्जमा निकै आकर्षण देखिएपछि पहिलो ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । १४ वटा काठमाडौं उपत्यका र १८ वटा उपत्यका बाहिरका विभिन्न सहरमा भि–बनका डिलरबाट कुर्सी बिक्री भइरहेको छ । सिंगापुरमा कर्पोरेट कार्यालय स्थापना गरेर विश्वका १२३ देशमा कुर्सीको व्यापार गरिरहेको भि–बन नेपालगन्जमा निकै रुचाइएकोले छिट्टै कम्पनीले ‘सर्भिस सेन्टर’ समेत खोल्ने जनाएको छ ।


नेपालगन्जमा ‘एक्सक्लुसिव शो–रुम’ उद्घाटनका सन्दर्भमा शुक्रवार भि–बन चेयरबारे अम्बे फर्निसिङ गार्डेनले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्याधुनिक कुर्चीका विशेषताबारे चर्चा गरिएको थियो । भि–बनका कन्ट्री प्रवन्धक प्रविण श्रीवास्तवले भारतको पुणेमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको अर्गानोमिक्स कुर्ची खास गरी लामो समयसम्म बसेर काम गर्ने कामकाजीका लागि उपयुक्त हुने जानकारी दिंदै स्वस्थकर हुने दाबी गरे ।

‘यो बैज्ञानिक रुपमै प्रमाणित तथ्य बोल्दैछौं, ‘लामो समय एकै स्थानमा बसेर काम गर्ने कामकाजीका लागि अत्यन्तै उपयोगी हुने गरी डिजाइन गरिएको छ ।’ नेपालमा केडिया ग्रुपको कनक न्यू टेडर्सले भि–बन चेयरको बजार जिम्मेवारी लिएको जानकारी दिंदै कन्ट्र प्रवन्धक श्रीवास्तवले ‘प्रिमियर चेयरको ५० प्रतिशत बजार भि–बनले लिन सफल भइसकेको’ दावी गरे ।


इन्जिनियर विवेक लामिछानेका अनुसार, यसको प्रयोगले ढाड दुख्ने समस्या निराकरण हुने विश्वास छ । ‘स्वास्थ्यका हिसावले अन्य कुर्ची भन्दा भि–बन ब्राण्डको कुर्ची आरमदायी र लुक्सका कारणले पनि यसले बजारमा सजिलै स्थान पाइरहेको छ,’ लामिछानेले कुर्चीको बसाईमा रक्तसञ्चारलाई नियमित गर्न सघाउने भि–बनका भेराइइटीबारे चर्चा गर्दै पत्रकारहरुसँग भने, ‘क्वालिटी डिजाइनका कारण यो साँच्चिकै उपयुक्त प्रमाणित भएको छ ।’

अम्बे फर्निसिङ्गले दिएको जानकारी अनुसार, भि–बन ब्राण्डका कुर्ची ग्राहकको माग अनुसारको सामान भएकोले माग बढ्दै गएको छ । एक वर्षदेखि भि–बनका कुर्सीहरु बेच्दै आएको अम्बे फर्निसिङका प्रवन्ध निर्देशक श्रेष्ठले आज एक औपचारिक समारोहबीच ‘भि–बन अर्गानोमिक्स कुर्सीको ‘एक्सक्लुसिव शो–रुम’ उद्घाटन गरिने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया