एमाले अध्यक्ष ओली नेपालगन्ज आउँदै, महाधिवेशन तयारीमा जुट्यो बाँके

बाँकेबाट पाँच हजार कार्यकर्ता महाधिवेशनमा लैजाने तयारी, नेता पशुपति दयाल मिश्र सहितको टोलीलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन् ।

कागजका पोस्टरहरु प्रयोग नगर्ने नेकपा एमालेले १० औं महाधिवेशनको प्रचार प्रसारमा भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नगरि डिजिटल ढंगले जाने गरि सार्वजनिक गरिएको एमाले दशौं महाधिवशेन लोगो


नेकपा एमालेले बाँकेका पार्टी सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।


नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेसँगै जिल्लास्तरमा त्यसको कार्यान्वयन गर्न लागिएको हो । ‘पार्टी निर्देशन कार्यान्वयनका लागि जिल्ला भेलाले पनि कार्यकर्तालाई रकम जम्मा गर्न आग्रह गरेको छ,’ एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको कक्षपतिले बताए । सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १ सय रुपैयाँ जम्मा गर्न अपिल गरिएको हो । ‘पार्टी कार्यकर्ताको सहयोगमा पार्टीको महाधिवेशन आयोजना गरेपछि चन्दा उठाउनु परेन,’ कक्षपतिले भने । करिब ७ लाख ३० हजार पार्टी सदस्य रहेको एमालेले उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठाएर पार्टीको महाधिवेशनको खर्च पु¥याउने योजना बनाएको छ ।


महाधिवेशनको तयारीका क्रममा नेकपा एमाले बाँकेले विहीवार अगुवा कार्यकर्ताहरुको नेपालगन्जमा जिल्ला भेला आयोजना गरेको छ । जिल्ला पार्टी अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको भेलामा हालै सकिएको स्थानीय तहको पार्टी निर्वाचनका निर्वाचित पदाधिकारी, पार्टी सम्बद्ध जनप्रतिनिधि, पार्टी नेताहरुको भेलाले महाधिवेशन उद्घाटन समारोहमा कम्तिमा ५ हजार कार्यकर्ता चितवन पु¥याउने निर्णय गरेको छ ।


जिल्ला उपाध्यक्ष कक्षपतिका अनुसार, कार्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन आइसकेकाले कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनोट गर्ने कार्यतालिका अनुसार सर्वसम्मत प्रतिनिधि छनोटका लागि जिल्ला पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ । महाधिवशेनका लागि बाँकेबाट १३ जना प्रतिनिधि छनोट हुनेछन् । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।


यसैबीच, मंसिर १ गते पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज आइपुग्ने भएका छन् । स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र लगायतकाहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली नेपालगन्ज आउना लागेका हुन् । ‘कम्तिमा ५ हजार कार्यकर्तासहित पार्टी प्रवेश गर्ने सोंचमा छौं,’ नेता मिश्रले भने ।

प्रतिक्रिया

प्रतिक्रिया