खुल्यो काँग्रेस बाँकेको ताला

नेपाली कांग्रेस बाँकेको कार्यालयमा रहेको १४ औं अधिबेशन निर्वाचन सचिवालयमा लगाएको ताला २४ घण्टापछि विहीवार अपरान्ह खोलिएको छ ।

‘केन्द्रिय कृयासिल सदस्यता छानबिन समिती सदस्य, केन्द्रिय निर्वाचन समितीका पदाधिकारी एवं सदस्यहरु र जिल्ला निर्वाचन अधिकृत संगको संवाद र छलफलबाट २३९ फर्जी कृयासिल सदस्यता लाई बैधानिकता नदिने प्रतिबद्धता व्यक्त भए पछि हामी ले निर्वाचन सचिवालयमा लागेको ताला खोलिदिएका छौं,’ तालाबन्दीका अगुवा युवा नेता पूर्ण आचार्यले ताला खोलिएको जानकारी दिंदै भनेका छन् ।

उनले पुनः यस्तै ‘अबैध कृयासिल सदस्यता कहिँ कतैबाट कुनैपपनि बहानामा धपघट गर्ने गराउने काम भएमा हामी सशक्त प्रतिकार गर्न बाध्य हुने छौ,’ भन्दै आफुहरु लोकतन्त्रका हिमायती भएकाले निष्पक्ष र धाँधलीरहित निर्वाचन चाहेको उल्लेख गरेका छन् ।

बाँके काँग्रेस पार्टी कार्यालयमा लाग्यो ताला

प्रतिक्रिया

प्रतिक्रिया