नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा अधिवेशन तयारी शुरु भएको छ । निर्वाचनमा खटिएका निर्वाचन अधिकृत रेवती रमण भट्टराई मंगलवार नेपालगन्ज आइपुगेसँगै अधिवेशन तयारीले मूर्त रुप पाएको हो ।
‘निर्वाचन अधिकृत जिल्ला आएर आवश्यक तयारी थाल्नु भएको छ,’ नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले
दैनिक नेपालगन्जसँग भनिन्, ‘हामीहरुलाई पार्टी विधान ब्रिफिङ देखि वडा निर्वाचनका लागि पायक पर्न केन्द्र छनोटका आवश्यक प्रक्रियाबारे छलफल गरियो ।’
निर्वाचन अधिकृत, अधिवक्ता भट्टराई मंगलवार नेपालगन्ज आइपेपछि पछि पार्टीका अगुवा नेता तथा कार्यकर्ता छँग छलफल गरेका छन् । उनले निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको भन्दै सहयोगका लागि अपील गरे ।
काँग्रेसको अधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडाअधिवेशन, र कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला अधिवेशन गरिसक्नुपर्छ ।
अधिकृत भट्टराईले पार्टीको आन्तरिक निर्वाचन भएकाले धेरै विवाद र मतभेद गर्न आवश्यक नरहेको भन्दै आफुलाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ पार्टीले खटाएको र निश्पक्ष रुपमा जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।
भट्टराईको संयोजकत्वमा परिचालन समिति गठन, २६ गते नै उम्मेदवारी दर्ता गरिने
यसैबीच, बाँकेमा नेपाली कांग्रेसको वडादेखी जिल्ला तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईको संयोजकत्वमा रहेको समितिको सह-संयोजकमा सहायक निर्वाचन अधिकृत, अधिवक्ता चित्रबहादुर शाही तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत लगायत छन् । त्यस्तै शिक्षक संघ बाँकेका उपाध्यक्ष पुष्पा ज्ञवाली, संघका सचिव ऋषिराज शर्मा, अधिवक्ता प्रभाकर भट्टराई९सचिव० र अधिवक्ता मेहरसिंह खत्रीलाई आर्थिक ब्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न गर्नका लागि कात्तिक २६ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन् ।