भन्सार छलेर भारततर्फ लैजाँदै गरेको साढे ४ लाख बराबरको अबैध तम्बाखु प्रहरीले बरामद गरेको जनाएको छ ।
नेपालगन्ज– १५ पिप्रहवाबाट बरामद गरिएको तम्बाखु नेपालगन्ज भन्सार कार्यालय पठाएको प्रहरीले अबैध ओसारपसार गर्ने व्यापारीलाई भने पक्राउ गरेको छैन ।
प्रहरीका अनुसार, नेपालबाट भारत तर्फ जादै गरेको सुर्ती जन्य कच्चा पदार्थ १६ बोरा इप्रका जमुनाहाबाट खटिएको प्रहरी टोलीले बरामद गरी भन्सार बुझाएको हो ।