बिमानमा बँदेल ठोक्किएपछि प्रहरीले गरे झाडी सरसफाई

प्रहरीले बुधबार नेपालगन्ज विमानस्थल क्षेत्रमा सरसफाई गरेको छ । प्रहरीले कम्पाउण्ड भित्र रहेको झाँडीहरु (बुटेनहरु)सरसफाई गरिएको हो ।

बाँके प्रहरी उपरीक्षक श्याम कृण्ण अधिकारीको कमाण्डमा ३० जना, सशस्त्र प्रहरी बलको स.प्र.नि. नवराज शाहीको कमाण्डमा ४० जना र नेपाली सेनाको प्रमुख सेनानी जनमत कार्कीको कमाण्डमा ९० जना गरी जम्मा १६० जनाको संयुक्त टोलिले सरसफाई गरेको हो ।
मंगलबार नेपालगन्ज विमानस्थलमा सीता एयरको डोर्नियर जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । हुम्लाको लागि उडान भर्दै गरेको जहाजमा बँदेल ठोक्किएको थियो ।

तीन वटा बँदेल विमान ठोक्किएपछि विमानको अगाडिको टायरमा प्वाल परेको थियो । १७ जना सवार बिमानमा अन्य क्षति भने भएन ।
विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा प्रवेश गर्दछन् ।

प्रतिक्रिया

प्रतिक्रिया