जिल्ला ब्यापी प्रथम पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगरपालिकाले उचालेको छ । आइतवार भएको फाइनल खेलमा कोहलपुर नगरपालिकालाई सोझो सेटमा हराउँदै नेपालगन्जले उपाधि उचालेको हो ।

जिल्ला खेलकुद विकास समिति बाँकेले आयोजना गरेको प्रतियोगितामा जिल्लाका आठवटै पालिकाले आफ्ना टिम पठाएका थिए । खेल शुक्र भलिबल स्टेडियम खजुरामा भएको हो । प्रतियोगिताको प्रथम टिम नेपालगन्जलाई ५० हजार, दोस्रो कोहलपुरलाई ३० हजार नगद सहित शिल्ड हस्तान्तरण गरिएको छ ।

त्यस्तै, तेस्रो राप्तीसोनारीलाई २० हजार र सान्त्वना स्थानका लागि बैजनाथका लागि १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको थियो । समापनमा खेल पदाधिकारीसँगै पालिकाका पदाधिकारी पनि सहभागी थिए ।
आइतवारनै भएको प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता समुहलाई पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले वितरण गरे । कार्यक्रममा राप्ती सोनारीका लाहुराम थारु, बैजनाथका उपप्रमुख शारदा बिश्वकर्मा लगायत सहभागी थिए ।