महिला भलिबलः नेपालगन्ज–कोहलपुर भिड्दै


जिल्ला खेलकुद विकास समितिले बाँकेमा महिला भलिबल टिम तयार गनै भन्दै आयोजना गरेको प्रथम पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज आइतवार हुँदैछ । उपाधिका लागि हुने फाइनल खेलका लागि समूह ‘क’ बाट कोहलपुर र ‘ख’ बाट नेपालगन्ज विजय भएपछि उपाधिका भिड्न लागेका हुन् ।


आइतपार बिहान भएको सेमिफाइनलमा बैजनाथलाई कोहलपुरले तथा नेपालगन्जले राप्तीसोनारीलाई क्रस म्याचमा हराएका थिए ।
शुक्रबार देखि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेपछि आठ वटै पालिका आफनो टिम लिएर शुक्र स्टडीयम खजुरामा आइपुगेका थिए । शनिबार भएको प्रतियोगिताबाट नरैनापुर,जानकी, डुडुवा, खजुरा गाउँपालिका बाहिरिएका थिए ।
शनिबार भएको आठ वटा खेलको प्रतिस्पर्धापछि कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगर ,बैजनाथ गाउपालिका , राप्तीसोनारी गाउपालिका सेमिफाइनलमा प्रबेश गरेका हुन् । उनीहरुबाटै आइतवार भएको सेमिफाइनलबाट नेपालगन्ज र कोहलपुर फाइनलमा पुगे । उनीहरुबीच आजै उपाधिकालागि फाइनल खेल हुँदैछ ।

पहिलो पालिका स्तरीय भलिबलले नेपालगन्जमा आयोजना हुँदै आएको ठुलो प्रतियोगिता, प्रधानमन्त्री कप आमन्त्रण महिला भलिवलका लागि घरेलु टिम खट्किरहेका अभाव पूर्ति गर्ने विश्वास लिइएको छ । ‘ जिल्लामा बलियो महिला टिम बन्ने विश्वासमा छौं,’ पहल लिइरहेकी जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्णा पाठकले भनिन्, ‘सबै पालिकाका महिला खेलाडीलाई एउटै मैदानमा उतार्न सफल भएका छौं, यसलाई निरन्तरता दिंदै जाने हो ।’

प्रतियोगिताको प्रथम टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना स्थानका लागि १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफीको व्यवस्था


आयोजक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले वडा तहसम्म लुकेका प्रतिभाको खोजी गरेर बँकेमा भलिबलका लागि जिल्ला स्तरीय टिम बनाउन क्यालेन्डरनै बनाएर प्रतियोगिता लाइ निरन्तरता दिने योजना सुनाएका थिए ।
प्रतियोगिताको प्रथम टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना स्थानका लागि १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ । समापनलाई पनि भव्यता दिइएकोे आयोजकको भनाइ छ । (तस्विर सौजन्यः कपिल थापा)

प्रतिक्रिया

प्रतिक्रिया