प्रेस चौतारीको शुभकामना आदानप्रदान कार्यक्रम

प्रेस चौतारी बाँकेले शनिबार कोहलपुरको खड्गवारमा पर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था र भावि कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रमका वक्ताहरुले पछिल्ला दिनमा मिडियालाई अंकुश लगाउने खालका ऐन, कानुन बनाउन थालिएको भन्दै त्यसलाई कुनै पनि हालमा नमान्ने बताइएको थियो । कार्यक्रममा वर्तमान राजनीतिक अवस्था र सञ्चारकर्मीले लोकतन्त्र बचाउन खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
प्रेस चौतारी बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पुस मसान्तसम्म प्रेस चौतारीको सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने बताएका थिए । केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा लाग्न सदस्यहरुको ध्यानाकर्षण गराएका थिए ।
प्रेस चौतारी केन्द्रीय सचिव भरत केसीले लुम्बिनी प्रदेश सरकारले बनाएको सञ्चारसम्बन्धी विधेयक सञ्चारसम्बन्धी विधेयक सञ्चारमैत्री नभएकाले त्यो अमान्य हुने बताएका छन् । ‘सञ्चारलाई अंकुश लगाउने कुनै पनि विधेयक विरुद्ध प्रेस चौतारी नेपाल सडकमा उत्रने छ’, उनले भने, ‘लुम्बिनी प्रदेश सरकारको मनपरी सैह्य हुँदैन ।’
केन्द्रीय सचिव केसीले सञ्चारमाध्यमका नाममा आफु निकट सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लाखौं रुपैयाँ बाँडिएको भन्दै त्यसको विरोध गरे । ‘सञ्चारमाध्यमलाई समानुपातिक रुपमा बलियो बनाउनुको सट्टा आफु निकटलाई मनपरी रुपमा रकम बाँडिएको छ’, उनले भने, ‘प्रेस चौतारी त्यसको गम्भीर विरोध गर्दछ ।’
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विनोद भट्टराई तथा सञ्चालन सचिव कमल डाँगीले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी बाँकेका अग्रज, सदस्यहरु, लुम्बिनी प्रदेश तथा केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रेस चाैतारी नेपाल जिल्ला शाखा बाँकेकाे काेहलपुर नगरपालिका वडा न १३ खड्गवारमा भएकाे भेलाबाट जारी घाेषणापत्र।

१) विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु काेराेना महामारीका कारण आर्थिक समस्यामा परेका छन।कतिपय पत्रकारहरुलाई संचार माध्यमले कामबाट निकालिदिने,समयमा पारिश्रमिक नदिने कार्य प्रति खृद प्रकट गर्दै कामबाट निकालियका पत्रकारलाई काममा फर्काउन र तत्काल पारिश्रमिक उपलब्ध गराउन भेला माग गर्दछ।

२) लुम्बिनी प्रदेश सरकारले ल्याएकाे संचार बिधेयक पत्रकार मैत्री नभएकाले अबिलम्व संशोधनका लागि भेला माग गर्दछ।

३) आर्थिक बर्ष २०७७/०७८ काे जेष्ठ र असार महिलाको लाेक कल्याणकारी विज्ञापन बापतकाे रकम तत्काल भुक्तानी गर्न भेला माग गर्दछ।

४) काेहलपुर नगरपालिका वडा न १३ खड्गवारलाई पर्यटकीय क्षेत्रकाे बिकास र हरित वडाकाे रुपमा प्रचार प्रसारमा प्रेस चाैतारी आवद्ध पत्रकारले आफ्ना संचारमाध्यममा समाचार प्रकाशन ,प्रशारण गर्न भृला प्रतिबद्ध छ।

५) मुलुककै कान्छो राष्ट्रिय निकुञ्जकाे रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनका रुपमा विकास गर्न सकारात्मक समाचारहरु प्रकाशन ,प्रशारण गरि सहकार्य गर्न भेला प्रतिबद्ध छ।

६) लुम्बिनी प्रदेश सरकारले पत्रकार कल्याणकारी काेषकाे रकम कटाएर आफ्नाे निकटका केही मिडियालाई वितरण गरिएकाले यस्ताे कार्य बन्द गर्न भेला माग गर्दछ।

७) प्रेस चाैतारी नेपाल बाँके शाखाको आयाेजनामा गरेकाे भेलाबाट शुभ दिपावली,छठ,माेहम्मद डे लगाएत चाड पर्वकाे अवसरमा देश बिदेशमा भएका नेपालीहरुमा हार्दिक शुभकामना दिने भेलाबाट पारित गरियाे।

प्रतिक्रिया

प्रतिक्रिया