साढे तिनलाख सहित ६ जना जुवा खेल्ने मानिस पक्राउ
प्रहरीले सोमवार मध्यरातमा जुवाको खालमा छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलवार बिहान अं. ०१ः०० बजेको समयमा कोहलपु – ८ पिपरी स्थित रुद्र विर खडकाको घरमा छापा मारेको जनाएको छ ।

बाँके प्रहरीले दिएको जानकारीमा भनिएको छ, ‘केही मानिसहरु जम्मा भई हार जितको जुवा खेलि रहेकोभन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटी गई उक्त जुवा खाल बाट नेपाली रु ३४९७०५ ( तिन लाख उनपचास हजार सात सय पाँच) रुपैयाँ, ५२/५२ पत्तीका दुई गड्डी तास र जुवा खेल्न बिच्छाईएको चटाई बरामद गरी जुवा खेल्न बसेका ६ जना लाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको’ छ ।