आज हामी बुर्काभित्र÷बुर्काबाहिर स्तम्भमा यस्तो विषयवस्तु बारे चर्चा गर्नेछौं । जुन हुन त सबैका लागि महत्वपूर्ण छ । तर कारणवश कोही त्यो बाट वन्चित हुन्छन् । हो आज हामी चर्चा गर्नेछौ शिक्षाको विषयमा । मानिसहरुमा एउटा सोच हुन्छ कि बच्चाहरु तीन वर्ष चिर वर्ष पुगिसकेपछि मात्र सिक्ने गर्छन् । तर साढे चौदह वर्ष अघि कुरान मजीदले र हाल विज्ञानले प्रमाणित गरेको छ बच्चाहरु आमाको गर्भबाट नै सिक्न थाल्छन् । हो यो कुरा बेग्लै छ कि बच्चाहरुले सिकेका कुराहरु प्रतिक्रियाका रुपमा फर्काउन सक्ने उमेर फरक हुँदै जान्छन् ।
बच्चाहरुको पहिलो पाठशाला आमाको काख र पहिलो गुरु आमा हुन् । यस कारण भनिन्छ यदि एक महिला शिक्षित हुन्छिन् भने परिवार टोल र समाज शिक्षित हुनेछ र पुरै वंश शिक्षित हुनेछ । बच्चाको एउटा उमेर आउंछ जब उसलाई पाठशाला पठाइन्छ । जहाँ उसले विभिन्न विषयमा शिक्षा हासिल गर्छ । यसै सेरोफेरोमा रहेर आज निकै व्यवहारिक रुपमा परिचर्चा गरिनेछ । बच्चा जब स्कुल जान्छ उसलाई त्यहाँ शिक्षकहरुले पाठ्यपुस्तकका साथै व्यवहारिक शिक्षा पनि दिने गर्छन् । बच्चाहरुले वास्तविक शिक्षा नै भौतिक रुपमा हाजिर भइ आर्जन गर्छन् । जसको उदाहरण पनि हेर्नुस् । एक बच्चा जब स्कुल जान्छ तब शिक्षकले उसलाई शिष्टभाषामा बोल्ने शिक्षा दिन्छन् । साथीभाईले झगडा र मनमुटाव गर्दा उनीहरु बीच मेलमिलाप गरी सद्भावको शिक्षा दिन्छन् । कुनै बच्चाले चोरी गरेमा उसलाई उचित सजाय दिएर राम्रो बाटो देखाउंछन् । कुनै विद्यार्थीलाई समस्या भए सबैलाई सहयोग गर्न अपील गरी भाईचारा सिकाउँछन् । धनी, गरीब, बाहुन, क्षेत्री, मुस्लिम, मधेशी, दलित सबैलाई एकै कोठामा बसालेर पढाएर समानताको पाठ सिकाउँछन् । कुनै पनि सभ्य, शिष्ट व्यक्तिको सफलताको पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानिस जति शिक्षित हुन्छ ऊ त्यति नै मिष्ठभाषी, शिष्टचारी, धैर्यवान, बुद्धिमान र दानी हुन्छ । यसको एउटा उदाहरण इस्लामबाट पनि प्रस्तुत छ । इस्लामले भन्छ ‘‘इल्म मय हिल्म’’ यस्तो शिक्षा जसले धैर्यवान बनाउँछ त्यो शिक्षा नै मानिसका लागि उपयोगी हुन्छ । इस्लाम भन्छ, दानीहरु दुनियांका नेतृत्वकर्ता र परहेजगारहरु आखÞेरतका मानिसहरुका नेतृत्वकर्ता हुन् । यसको जीवन्त उदाहरण रुपमा हेर्न सक्छौं कि इमाम हुसैन अलैहिस्सलाम यस्ता दानी थिए जसको कुनै तुलना नै छैन उनी अतुलनीय दानी थिए । उलेमाको बयान छ कि उसामा इब्ने जÞैद सहाबिए रसूल सल्लाहो अलैहे वसल्लम एकपल्ट बिरामी थिए । इमाम हुसैन अलैहिस्सलाम उनलाई हेर्न जानुभयो र उहांँले महसुस गर्नुभयो कि उनी धेरै चिन्तित थिए । सोध्नुभयो ऐ मेरा हजुरबुवाका सहाबी के भयो ? उनले अजर्Þ गरे मौला साठ हजÞार दिरहमको ऋणी छु ।

इमामले पÞmरमाउनुभयो ’न आत्तिनुस् म तिरिदिनेछु । अतः उहांले आफ्नो जीवनमै उनलाई ऋण मुक्त गरिदिए । एक पटक एक गाउँले शहर आयो र उसले मानिसहरुलाई सोध्यो यहां सबैभन्दा दानी को रहेको छ ? मानिसहरुले इमाम हुसैन अलैहिस्सलामको नाम लिएछन् । उसले उहांको समक्ष हाजिर भइ फिराद गर्यो । इमाम हुसैन अलैहिस्सलामले चार हजÞार अशरपÞmीहरु दिनुभयो । इमामे हुसैन (अ.स.)को शहादत पश्चात पिठ्युमा बोझ उठाएको डाम देखिएको थियो । जस बारे इमाम जÞैनुल आबेदीन (अ.स.) ले पुष्टि गर्दै फरमाउनुभयो कि उहां आफ्नो पिठ्युमाथि अशरपÞmी र खाद्यान्नका बोरियाहरु विधवा र अनाथहरुको घरघर राति पुर्याउने गर्नु हुन्थ्यो । इस्लामले भन्छ, इल्म मय हिल्म यस्तो शिक्षा जसले धैर्यवान बनाउँछ त्यो शिक्षा नै मानिसका लागि उपयोगी हुन्छ । किनकि यही शिक्षाले मानिसलाई उचित न्याय गर्न धैर्य धारण गर्न सिकाउँछ । यही शिक्षाले मानिसलाई सद्भाव कायम गर्न गराउन भुमिका निर्वाह गर्न पाठ सिकाउंछ । यही शिक्षाले झुक्न सिकाउंछन् । यही शिक्षाले हरेक परिस्थितिमा आवश्यकता अनुसार ढल्न सिकाउँछन् । इस्लामले भन्छ कसैलाई सहयोग यसरी गर्नुपर्छ कि दायाँ हातले दिंदा बायाँ हातलाई खबर नहोस् । समग्रमा भन्ने हो भने शिक्षाले मानवताको पाठ सिकाउँछ । उहिले डिग्री थिएन् तर संस्कार थियो ।

तथापि हाल शिक्षाको प्रवृत्ति र परिभाषा नै फरक भइसकेछ । अहिले मानिस जति धेरै डिग्री हासिल गर्छन् उनीहरु त्यति नै घमण्डी र अहंकारी हुदैं गइरहेका छन् । यद्यपि ती व्यक्ति डिग्री इस्लामिक हुन् वा अन्य । किनभने आजभोलि जति ठुलो डिग्री हासिल गरेको व्यक्ति भेट्नु हुन्छ । ऊ त्यतिनै आफन्त, नातागोता, टोल छिमेक र समाजबाट टाढा भइरहेका छन् । उनले आफै आफ्नो स्तर तय गरेका छन् ती स्तरका व्यक्ति मात्र अब उनका नजिक छन् । जति जति स्तर बढ्दै जान्छ व्यक्तिमा अंहकार र कन्जुसीपना बढ्दै जान्छ । उसलाई गरीबहरु मन पर्दैन्न् यद्यपि उसको आफ्नै दाई वा भाई किन न होस् । कुनै गरीब उसको ढोकामा आउदां उसलाई सहयोग गर्नुको सट्टा ‘कमाएर खान सक्दैनौ, जति औकात त्यति सपना हेर्ने गर, आफ्नो च्यादर अनुसार खुट्टा पसार्ने गर’ जस्ता नानाथरी कुरा सुनाएर बेज्जत गरी पठाउनेहरुको संख्या बढ्दैछ । कदम कदाचित केही व्यक्ति सहयोग गर्छन् पनि त एक सहयोग गर्दा बिस तिस फोटो खिचेर उसको गरीबीको मजाक उडाउंछन् ।

तब भन्न उचित होला कि ‘शिक्षा भनेको जति तपाईले भौतिक रुपमा एक उमेर सीमा रही आमाबुवा र शिक्षकहरुबाट सिक्नुभयो त्यो मात्र हो । बाकी त रकम बुझाए बापत हासिल भएको कागजका टुक्रा हुन्’ भन्ने लाग्न थालेछ । गुणस्तरीय शिक्षाले संस्कार सिकाउंछ जबकि डिग्रीले अहंकार बढाउंदैछ । यस कारण अब शिक्षा हासिल गर्दा डिग्रीका साथै व्यवहारिक ज्ञान, सद्भाव, न्याय, सत्य, अहिंसा, शिष्टचार र मानवताको पाठ सिक्न र सिकाउन अति आवश्यक भइसकेछ । यसका लागि सबै सरोकारवालाहरुले आ–आफ्नो स्तरबाट पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया