लामो समय देखि न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुले न्यायको अनुभुति नगर्दासम्म दशैको उमङ्गको नछुने बताएका छन् । द्वन्द्व पीडितहरुसंगको सहकार्यमा एडभोकेसी फोरमले आयोजना गरेको नेपालीहरुको महानपर्व बिजयादशमी, दिपावली, नेपाल सम्बत छठ पर्वको पावनअवसरमा द्वन्द्व पीडितहरुको भावनात्मक पीडा तथाशुभकामनाआदानप्रदानतथा संक्रमणकालिन न्यायसम्बन्धी छलफल कार्यक्रमका सहभागी पीडितहरुले यस्तो प्रतिक्रियादिएका हुन ।
कोहलपुरकी देउसरा बिकलाई बर्षेनीआउने दशै खल्लो लाग्ने गरेको बताइन् । अरुका घरमा चाडवाडको रमझम हुँदा मलाई बेपत्ता श्रीमान धन बहादुरको सम्झनाले अझ बढी सताउने गदछ र्। मन खसी नभएपनि बच्चाबच्चीको खुसीकालागीदशै मनाउनै पर्यो । जिवनकालमै श्रीमानको अवस्था थाहा पाउ नपाए ठुक्कले चाडवाड मनाउन पाइथ्यो’। पीडितहरु माझदशैको शुभकामनादिदै देउसराले भनिर्न हामीलाई जस्तो पीडा अरु कसैले भोग्नु नपरोस’ ।
बाँके टिटीहिरियाकी द्वन्द्व पीडित बिनिता चौधरीलाई चाडवाड नआएहुन्थ्यो जस्तो लाग्छ । द्वन्द्वकालमा तत्कालिनबिद्रोहीपक्षले उनकाबुवालाई घरैमा आई हत्या गरेको घटनाका कारण बुवाबिनाको चाडवाड उनलाई खल्लो लाग्छ । भावना साटासाट गर्न नेपालगंजमाजम्मा भएका द्वन्द्व पीडितहरु माझ भक्कानिदै उनले भनिन्, चाडवाडमा बुवाको धेरै सम्झना आउछ । यतिकाबर्ष न्यायको प्रतिक्षा गरियो खै न न्यायपाईयो न त चाडवाड राम्ररी मनाउननै पाइयो ।
देउसरा र बिनितालाई मात्रै होइन । द्वन्द्व पीडितहरु चन्द्रकला उप्रेती, सुनितागोडिया, तुल्सी बिष्ट, उषादाहाल, रेवती बिक लगायतलाई चाडवाडको रौनकताले छुदैन । कारण हो यतिकाबर्षसम्म पनि बेपत्तापारिएका आफ्ना श्रीमानको अत्तोपत्तो लाग्ननसक्नु । चाडवाडमा प्रिय मान्छे नहुँदा द्वन्द्व पीडितलाई उनीहरुको सम्झनाले सताउने गर्दछ । त्यसमाथीयतिकाबर्षसम्म न्यायको प्रतिक्षामा बसेका उनीहरु सरकारी उदासिनका कारण झन निरास छन् । न्यायन पाउँदा आक्रोशित पनि छन् ।
चाडपाड नजिकिएको सन्दर्भमा द्वन्द्व पीडितहरुको भावनात्मक पीडा तथाशुभकामनाआदानप्रदान गर्ने र संक्रमणकालिन न्यायको पछिल्लो अवस्थाबारे छलफल गर्न द्वन्द्व पीडितहरु नेपालगन्जमा जम्मा भएका थिए ।
कार्यक्रममाअधिकारकर्मी वसन्तगौतमले सरकारले द्वन्द्व पीडितलाई न्यायको अनुभुतिदिलाई चाडवाड बनाउने वातावरण बनाउनु पर्नेमा जोड दिए । न्यायपाउनु पीडितको अधिकार भएकाले द्वन्द्व पीडितको न्यायमा राज्य गम्भीर बन्नु पर्नेमा गौतमले जोड दिए । पीडितहरु एक आपसमाभावना साटाटा गर्दा दुख पीडा बिर्सन मद्धत पुग्ने भएकाले एक कार्यक्रमको आयोजना गरिएको गौतमले बताए । पीडितहरु एक आपसमाजम्माभई आफ्ना भावना साट्न पाउदामन हल्का भएको न्यायको लागि द्वन्द्व पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेतीले प्रत्तिक्रिया दिइन ।
द्वन्द्व पीडित साझा चौतारीकी ५ नं प्रदेश संयोजकसमेत रहेकी बेपत्ता परिवारकी सदस्य चन्द्रकला उप्रेतीले सत्य आयोग र बेपत्ताआयोगले पीडितका लागि केही गर्न नसकेको बताउँदै न्याय नपाउँदा सम्म पीडितहरु एक जुट भई न्यायिकअभियान संचालन गरिरहनु पर्नेमा जोड दिइन । सरकारले बेपत्ता परिवारका एकलमहिलालाई सामाजिक सुरक्षा भत्ताका ब्यवस्था गर्नु पर्ने र पीडितहरुकोआवश्यकता र चाहाना र सन्तुष्टि मिल्ने खालको परिपुरणको ब्यवस्था गर्नु पर्ने उप्रेतीले जोड दिइन् ।
द्वन्द्व पीडितहरु इब्राहिमखाँ, रेवती बिक, देवीसरा बिक, उषादाहाल, बिनितिा चौधरी, तुल्सी बिष्ट लगायतले जति पीडा परे पनि छोराछोरी र परिवारको खुसीकालागी चाडावाड मनाउनु पर्ने बाध्यता रहेको बताउँदै चाडवाडमा बेपत्ता र मृतक आफन्तको अझ बढी यादले सताउने गरेको बताएका थिए । न्यायको लामो प्रतिक्षामा रहेका पीडितहरुलाई दशै खल्लो हुने गरेको उल्लेख गदैै पीडितहरुले मनमा खिन्नता लिएर पनि चाडवाड मनाउन बाध्य भएको बताएका थिए । जुनपर्व आउदापनि बेपत्ताआफन्तको सम्झनाआउने भन्दै पीडितहरुले पीडितहरु यसरी जम्माभई भावना साटासाट गर्दा पनि मन हल्का हुने गरेको बताएका थिए ।
द्वन्द्व पीडित मुकेस सिंह कुवरले न्यायनपाई पीडित सब्द सुन्दा सुन्दा झनै पीडा हुने गरेका बताए । बेपत्ता परिवारकीतुल्सा पाठकले सबैका पीडा आफ्नै ठाउँमा रहेको भन्दै आफ्नो पीडा आफैले ब्यहोर्नु पर्ने भएकाले यस्ता पीडितहरु बिचको भावना साटासाटले मन हल्का गराउने बताइन ।
कार्यक्रममा सहभागी सबै द्वन्द्व पीडितहरुले मनकालागेका भावना र पीडा ब्यक्त गर्दै दुखितमनलाई सुखमाबदल्नन्यायको अभियानलाई जारी राख्नु पर्ने बताएका थिए । पीडितहरुले न्यायको अनुभुति नगर्दासम्म आफुहरुलाई चाडवाडको वास्तविक रौनकताले नछुने भएकाले पीडितको न्यायको लागि राज्य गम्भीर बन्नु पर्नेमा जोड दिएका थिए ।