पत्रकार पाण्डेमाथि दुर्व्यवहार

पत्रकार जीवन (जे) पाण्डे माथि प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले दुव्र्यवहार गरेका छन् ।
हिन्दुहरुको पर्व दशैंको अवसरमा बागेश्वरी मन्दिरको चहलपहल, दर्शनार्थीको प्रतिक्रिया लिनका लागि लाइभको तयारी तयारी गरिरहेको कान्तिपुर टेलिभिजनका जे पाण्डेमाथि मूल महन्तले दुव्र्यवहार गरेका हुन् । कान्तिपुर टेलिभिजनमा कार्यरत पाण्डे र क्यामेरामेन सबिता जिसीले लाइभको सुरु गर्न लाग्दा त्यहाँ खटिएका सुरक्षाकर्मीले मूल महन्तसँग अनुमति लिनु पर्ने बताएका थिए ।


पत्रकार पाण्डेले अनुमतिका लागि मूल महन्तलाई भेट्दा उनले मन्दिर परिसरमा लाइभ गर्न, तस्विर लिन नदिने भन्दै आक्रोशित भएका थिए । लाइभ गर्न रोकिनुको कारण सोधेपछि आफ्ना सहयोगीलाई बोलाएर महन्तले पत्रकार पाण्डेलाई घेरेका थिए । ‘अपशब्द प्रयोग गर्दै आक्रमण नै गर्न खोजे’, पत्रकार पाण्डेले हिन्दुहरुको आस्थाको केन्द्र रहेको बागेश्वरी मन्दिरमा चाडपर्वका बेला लाइभ गर्दा अहिले सम्म नरोकिएको उल्लेख गर्दै भने ।


‘मन्दिर हामी सबैको आस्थाको केन्द्र हो, शक्तिपिठको महन्त जस्तो जिम्मेवार भूमिकामा रहेका व्यक्तिको अस्वभाविक व्यवहारले आश्चर्यचकित छु’, पत्रकार पाण्डेले भने ।


महन्तले यसअघि पनि पत्रकारलाई दुव्र्यवहार गर्दै आएका छन् । खासगरी सञ्चारमाध्यमले मन्दिरको सम्पत्तिको सोधीखोजी गर्दै चासो राखेपछि महन्त सञ्चारमाध्यमप्रति आक्रोशित भएका हु । उनीमाथि यसअघि मन्दिरको हिसाबकिताब अपारदर्शी राखेको, मन्दिरको सम्पत्ति हिनामिना गरेको आरोप लाग्दै आएको छ ।


पत्रकार पाण्डेप्रति दुव्र्यवहार भएपछि चौतर्फी रुपमा त्यसको आलोचना भएको छ । मन्दिर व्यवस्थापन समितिले पत्रकारलाई समाचार संकलन, तस्विर लिन तथा लाइभ गर्न कुनै रोकतोक व्यवस्थापन समितिबाट नभएको प्रक्रिया दिएको छ ।

पत्रकार दुव्र्यवहार घटनाका सम्बन्धमा आज दिउँसो १ बजे सरोकारवाला पक्ष बीच जिल्ला प्रशासन कार्यालय बाँकेमा छलफल राखिएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया