नेपालगन्जमा मापदण्ड बिनै मासु बिक्रि बितरण
बाँकेको नेपालगञ्जमा मापदण्ड बिपरित मासुपसलहरु संचालन भैरहेको पाईएको छ । संयुक्त बजार अनुगमन टोलीद्धारा नेपालगंजका बिभिन्न क्षेत्रमा गरिएको मासु पसलको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । अनुगमन गरिएका मध्ये केही पसहरु दतै बिनै संचालन भएको र सरसफाई र गुणस्तरमा ध्यान दिएको नपाईएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए । अनुगमन टोलीले बाँके गाउँमा रहेको मासु मण्डी अनुगमनका क्रममा केहि पसल दतै बिना संचालन भएको र सरसफाईमा ध्यान दिएको नपाईएको गौतमले बताए ।
यसै गरि अनुगमन टोलीले जमुनाहा क्षेत्रमा गरेकोे अनुगमनका क्रममा खान अयोग्य माछा बिक्री गरेको फेला परेको जनाएको छ । अनुगमन टोलीले खान नमिल्ने अयोग्य माछा बिक्री गर्ने पसललाई आईन्दा यस्तो गुणस्तरहिन माछा मासु बिक्रि नगर्न निर्देशन समेत दिएको जनाएको छ । विभिन्न पसलमा गरिएको पसल बाट अनुगमन टोलीले ४९ केजी खान अयोग्य माछा बरामत गरी नष्ट गरेको छ । पसलहरुले बिना दर्ता माछा मासु पसल सञ्चालन गरेको पाइएकोले पनि तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्दशन दिइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
अनुमति नलिएर संचालन गरेका ३ वटा पसललाई दर्ता गरेर मात्र खोल्न भनिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

खान अयोग्य माछा मासुका कारण मानवीय स्वास्थ्यमा असर पुगेको भन्दै संयुक्त अनुगमनलाई तिब्रता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईले बताए । अनुगमनमा मासुजन्य वस्तुको स्वच्छता एवं सरसफाइ कायम राख्न समेत निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका नासु बेदेश्वर गौतम, नेपालगंज उपमहानगरपालिका पशु शाखाका अच्युत गौतम, भेटनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नेपालगंजका डा. रुपेन्द्र कुमार ओली, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका बिकेक कुमार सुवेदी लगायतको सहभागिता रहेको थियो ।
((