जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुन्नी धोवीको कर्तब्य ज्यान मुद्धाका आरोपी राम कुमार धोवी र इतवारी भन्ने लक्षिराम धोवी कारागार चलान भएका छन् ।
बाँके जिल्ला अदालतमा मंगलबार भएको थुनछेक आदेश अनुसार उनीहरु कारागार चलान गएका हुन । न्यायाधीश श्याम सुन्दर अधिकारीको आदेश अनुसार अभियुक्तद्धयलाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्नु भन्ने आदेश भए अनुसार मृतक नन्कुनीका श्रीमान राम कुमार धोवी र जेठाजु इतवारी भन्ने लक्षिराम धोवी कारागार चलान भएका हुन । थुनछेकमा जाहेरवलाको तर्फबाट जिल्ला सहन्यायाधीवक्ता निशा कुसुम पौडेलले बहश गरेकी थिईन ।
०७८ साउन ५ गते बाँके, जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको लास आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेको थियो ।
उक्त घटना आत्महत्या नभई कर्तब्यबाट हत्या भएको भन्दै पीडित परिवार, महिला अधिकार मंञ्च घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायको लागी दवाव दिन भन्दै काठमाण्डौ सम्मको पैदल यात्रामा छन् । उनीहरु १९ दिन पैदल हिडेर धादिङ पुगेका छन् । ‘हामी सोझै सिंहदरबार पुग्ने योजनामा छौं,’ पैदल मार्चको नेतृत्व गरिरहेकी अधिकारकर्मी रुबि खानले भनिन् ।