नाका त खुल्यो, पर्यटकलाई भने सास्ती

सरकारले भारतसँगको नाका खोल्ने औपचारिक निर्णय गरेपनि कार्यान्वयनमा ढिलाई गरेको बाँके प्रशासनले आज आइतवारबाट नेपालगन्ज जमुनाह नाका पूर्ण रुपमा खुला गरिएको जनाएको छ । तर, सीमा खुला गरिंदा पर्यटकका लागि सास्ती हुने मापदण्ड बनाएको भन्दै आलोचना पनि शुरु भएको छ ।


नाकाबाट पर्यटक आउन अवरोध पुगेको भन्दै नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले सरकारले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणपछि नाका खुलाइएकोमा आफुहरु अझै खुशी हुन भने नसकेको उनीहरुको भनाइ छ ।
‘यो सास्ती बाहेकको नियत होइन,’ नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले सीमाबाट पर्यटकहरुका लागि सुविधा दिने साटो अंकुश लगाउने काम भइरहेको टिप्पणी गर्दै भने, ‘हिड्दै आउनुस् न पिसीआर न भ्याक्सिनेटेडल एन्टिजेन तर मोटरबाट आउनेलाई, अनलाईन फर्म भर्ने,एन्टीजेन,७२ घण्टे पिसीआर रिपोर्ट वा भ्याक्सिन कार्ड देखाएर सीमा पार गर्नुस् ?,’सीमा वारपार अरुका लागि आउनेजाने व्यवस्था बेला कुनै चेकजाँच छैन ।

‘पर्यटकहरुलाई बाधा सिर्जना गरेर राज्य आफैले पर्यटन व्यवसायमा अंकुश लगाउन खोजेको होइन त ?,’ सिग्देलको टिप्पणी छ । मानसरोवरका यात्रुहरु आउने बेलामा सीमा अवरोध पारिएपछि निरुत्साहित हुने अवस्था आएको अध्यक्ष सिग्देलले पर्यटकहरुलाई सिमानामा एक ठाउँमा चेकजाँचको व्यवस्था गरी निर्बाध आउने, जाने व्यवस्था मिलाउनुपर्ने बताए । यस्तो छ, प्रशासनको निर्णय

प्रतिक्रिया

प्रतिक्रिया