जब ज्ञान यति अहंकारी बनोस् कि ऊ संवेदनशील रहनै नसकोस्, यति गम्भीर बनोस् कि उन्मुक्त हाँसो हाँस्नै नसकोस् यति आत्मा केन्द्रित बनोस् कि आपूm सिवाय अरु कसैको बारेमा सोच्नै नसकोस्, यस्तो ज्ञान, अज्ञानभन्दा पनि खतरा हुन्छ !
खलिल जिब्रान
साहित्यकार सनत रेग्मीको अमृत्सोवसंगै धेरै प्रश्न उब्जिए । सनतले सकृय राजनीतिबाट विदा लिएको घोषणा गर्दै गर्दा लाग्योः के प्रज्ञाको दुई पटक नेतृत्व सम्हालेका सनत प्राज्ञ नभै काँग्रेसी कार्यकर्ताको हैसियतबाट त्यहाँ भूमिका निर्वाह गरेका थिएत ! उनी प्राज्ञ मात्र नभै नेपालगन्जको त लिभिंग इन्साइक्लोपिडिया नै हुन । तर, आठ÷आठ साहित्यिक संस्थाले बनाएको प्रमुख अतिथिले अहंकार, दम्भ र व्यक्ति केन्द्रित अभिव्यक्तिले नेपालगन्जको साहित्यिक र वौद्धिक समाजलाई भने निराश बनायो । ज्ञानीजनले गाली र दम्भ पुराणमा रमाउन मिल्दैन।
प्रश्न उब्जियोः नेपालगन्जमा यतिधेरै साहित्यक संस्था किन छन् ? किन एक व्यक्ति, एक संस्था आवश्यकता हुन्छ ? यसको मनोविज्ञान के हो ? संस्थाका बुई चढेर व्यक्तित्वको व्यवसाय त हुँदैछैन ?अन्तिमसम्म हललाई नियाल्दा आयोजकहरु स्वयं नै नरहको अवस्था । के हरेक नेपाली भाषाका गुरुहरु साहित्यिक महारथी नै हुन्छन ? त्यसबेला मेरो दिमागमा आयोः सबै हुँदैनन् । नोम चोम्स्की, एडवर्डो गिलियानो, नामावर सिह, म्यानेजर पाण्डे, यम.यम,कुलवर्गी, लक्ष्मी प्रसाद देवकोटा, अभि सुवेदीहरु । नेपाली साहित्यमा पनि विश्व विद्यालयका धेरै गुरुहरु डाक्टर त बने तर पढिने सात्यिकार भने अत्यन्तै न्यून । डाक्टर नबनेका अन्य साहित्यकार,संस्कृति विद् माथी भने डक्टरेट गराउँछन वा पाठ्यपुस्तकमा रचना समावेश गराएर अनुयायी बनाउँछन् ।
गिरोहपति नेता भएको अवस्थामा देशमा राजनेता अभाव हुनु स्वाभाविक हो । त्यस्ता नेताका कार्यकर्ता जहिले पनि पछुवा त भक्तजनमात्रै हुन्छन् । किन र कसरी भन्ने जिज्ञाशा नराख्ने कार्यकर्ता भएपछि नेता मैमत्त हुन्छ । गिरोहपतिको आदेशमा भुक्दै सामाजिक सञ्जाल रंगाउने पछुवा भनेका चाकरीको नम्वर बढाउने मात्र हुन । गुटाधीपतिको हैकमशक्तिमा रहिन्जेल मात्र हुन्छ ।
भारतीय दलित नेता काशीरामले भनेको चम्चा युगको चरित्र अहिले फेरियो । वौद्धिक दासता शारीरिक गुलामगिरी भन्दा चुत्थो हुन्छ । कलाकार आफ्ना कला र गलाका कारण युगौँ युग सम्मानित भैरहन्छन भने खेलाडी कलामय सौन्दर्य, उम्दा टिम,चुस्त व्यवस्थापन, अनुशासित प्रदर्शनले फिल्डमा चम्कन्छन् । नेतालाई न नियम लाग्छ, न रेफ्री हुन्छ तर खेलका मैदानमाभने रेफ्रीमात्रै हुँदैन् भीडियो री प्ले पनि हुन्छ ।
विद्धान, दार्शनिक र सत्गुरुहरुले थोत्रा सोंच, म्याद गुज्रिएका मान्यता र अन्धविश्वास भत्काइ दिँदै युगान्तकारी चेतना खुसुक्क वा सुटुक्क दिमागको हार्डवेयरमा घुसाई दिन्छन् । नयाँ सोंच उत्पादन गर्न ज्ञान,बुद्धि र चेतको सहज र सरल तरिकाले हस्तान्तरण गरेर योग्य विद्यार्थी उत्पादन गर्दै सम्मान पाउँछन । नयाँयुगले जटिल समस्या हल गर्ने तर्कशक्ति दिन्छन् । विद्धानलाई आफनो बजारिकरणको आवश्यकता पर्दैन । अरुलाई होच्याउन, गाली गर्न त झन् आवश्यकता नै हुँदैन । त्यस्ता शालीनता, भद्रता, विनम्रता र सहजता जस्ता कर्मले फैलिएका सुगन्धलेनै सामान्यजनको चेतना अर्जापेर भूमिकामा उत्रिन्छन् । प्रोफेसर त स्वयम् आफैमा एउटा संस्था हो । कसैको अडेस लागेर उस्लाई उचाई थप्नै पर्दैन् । ऊ त्यस्तो वास्नादार चन्दन बृक्ष हो, जस्को सुगन्धले पुरै जंगल वास्नामय बन्छ, । आफनै विषको डाहाले रन्थिनिएको सर्प पनिचन्दन फेदमा रहँदा सितलता पाँउछ । ज्ञान र शिक्षा फरक कुरा हुन ।
अझ सूचना त एउटा मिसिनमा पनि उपलब्ध हुन्छ । गुगलगुरुले किर्तीमाननै कायम गरेकै छन् । ब्याकरण शुद्धिकरण अब कुनै व्याकरण विद्कै भरोसा पर्नु पर्दैन । भावनाको विनिमय नै भाषा बन्छ, सुत्रमा सधै चलिरहँदैन । सेक्सपियरवाला अंग्रेजी, वाल्मिकी वा कालीदासकालीन संस्कृत, भानुभक्तकालको नेपाली भाषाले अहिले सहज र सरल भावनाको विनिमय हुन सक्दैन । तर, गतहप्ता राजधानीका नेपाली भाषा, साहित्यका ‘ठूला’ प्राध्यापकको नेपालगन्जमा अहं प्रदर्शन र स्वयंको बजारीकरणले लज्जित बनायो ।
व्यक्तिबाट व्यक्तित्वमा फेरिँदा त्यसलाई रक्षा गर्न होस् न¥पुयाउने देख्दा दुखिःत पनि । नेपाली भाषा,चिन्तन केन्द्रका विदुषकले यहाँको साहित्यिक माहोलमा ज्ञान, विद्धताको बजारिकरणले उनको उचाईमा सहयोग पुगेन । साहित्यिक वा भाषा विज्ञानको चश्माले नियाल्दा त्यसको मूल्य कति रह्यो ! विवेचनाकै विषय होला, पाठशालाका कक्षाकोठालाई छोडौँ । तर, पस्केका ज्ञान, बुद्धि,विवेकले साहित्यिक माहोलमा के, कस्तो प्रभाव छोड्यो ! प्रमुख विषय हो । ज्ञान, अभिव्यक्ति कला मूर्धन्य भाषविद्धबाट सिक्ने प्रसस्त अवसर थिए, गुमाएकै भन्न सकिन्छ ।
व्यक्तित्व स्वयं केन्द्रमा हुन्छन् । त्यसले पदिय गौरवताको सन्देश दिइरहेको हुन्छ । तर त्यसप्रति कति न्याय भो, गरियो ! मुख्य विषय हुन्छन । अदृष्य पाटो र राष्ट्रिय चर्चामा रहेका विषयबारे अरुपनि जानकार हुन सक्लान् भन्ने हेक्का राख्नुपर्छ । प्रविधिका विकासले सूचना–राजमार्गमा सामान्यजनको पनि पहुँच रहन्छ । विश्व अब असहज र पहुँच नहुने विषय रहेन । जिज्ञाशुबाट पलपलका सूचना र मान्छेको मन र मस्तकको स्क्यानिङ पनि अब ओझलिदैन सक्दैन । अन्य भाषा र साहित्यका एप्स, टुल किट माध्यमले अनुवाद सहज बनाइसक्यो । यो बहुभाषिक, बहुसास्कृतिक र बहुधार्मिक मुलुक हो । सबैका आ–आफना भाषा, लिपी र अभ्यास भएकाले वर्चश्वशाली समूहले आफनो गौरवताको मात्रै चर्चा गर्दा अन्यलाई चोट पुयाउनु प्राज्ञिक कर्ममा पर्दैन ।
काठमाडौ भएर मोफसल यात्रा गर्नेहरु राजधानीबाहिर पनि गैह्र शास्त्रीय अध्यताहरु पनि शालिन र भद्रता देखाउ छन् भन्ने बुभ्mदैनन । व्यक्तिलाई अहंकार र दम्भले सर्वज्ञ सोच्न हौँस्याउछ । समाजले व्यक्तित्वसंग ज्ञानका भाषामा संवाद गरेको रुचाउछ । असल श्रोताको अर्थ विधागत अज्ञान भने हुदैन । पात्रका प्रवृति र सूचनाको जानकार भएर धारणा बनाइसकेका हुन सक्छन् । व्यक्तित्वका सकार र नकार अध्ययन भैरहेको हुन्छ । प्रमुख अतिथिका ज्ञानका भाषामा संवाद नभै दम्भका भाषा भने सुन्नमा मजा आएन, नेतामा मौलाइरहेको साँस्कृतिक मनोविज्ञान साहित्यमा पनि सर्नु, देखिनु अझ दुःखका कुरा हुन । विशेषतः प्रमुख अतिथिबाट कार्यक्रमको विषयगत धारणानै अपेक्षा गरिन्छ । त्यही अनुसारका भूमिका र धारणा आउँछन्, प्रमुख वक्ताबाट त्यो दिन त्यसो कमै पाइयो ।