मुटु जोगाउन सन्देश दिंदै सरर साइकल

२२ औं विश्व मुटु दिवस पारेर नेपालगन्जमा साइकल र्यालीको आयोजना गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबले क्रियटिभ ह्याड्स सँगको सहकार्यमा साइकल र्यालीको आयोजना गरेको हो ।

मुटु सुरक्षाको सन्देश प्रवाह गर्दै भेरी अस्पतालबाट सुरु भएको र्याली नगरका विभिन्न ठाउँमा पुगेको थियो । आयोजक क्लब अध्यक्ष गगन थापाका अनुसार, साइकललाई स्वास्थ्य संग जोडेर स्वस्थ मुटुका लागि ब्यायामको सन्देश प्रवाह गर्न खोजिएको हो ।

साइकल रयाली भेरी अस्पतालबाट सुरु भई त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक, बास पार्क बाइपास कारकाँदो चोक, पुष्पलाल चोक, धम्बोजी चोक, बिपी चोक हुँदै औद्योगिक क्षेत्र नजिक रहेको नेसनल प्याथ ल्याबमा समापन गरिएको हो । समापनसँगै प्याथ ल्याबले सहभागीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच व्यवस्था मिलाएको थियो ।

त्यसअघि साइकल र्याली उद्घाटन गर्दै भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, मुटु रोग विशषज्ञ डा. कृष्ण अधिकारीले मुटु दिवसको औचित्य तथा मुटुलाई अवस्था राख्नु पर्ने कारण र उपायका बारेमा चर्चा गरेका थिए । उनीहरुले मुटु स्वस्थ राख्न नियमित दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साइक्लिङ त्यसको राम्रो माध्यम भएको बताए ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, नेपालगन्ज–२ अध्यक्ष सुनिल सिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सुरेश कुमार कनोडिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया