बाँकेमा ३२ हजार डोज भेरोसेल लगाइँदै

बाँकेमा १८ बर्ष माथिका विद्यार्थी र ४५ बर्ष माथि उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्ध भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले आज बिहीबारसम्म खोपका लागि निर्धारित समय रहेको बताएका छन् । ‘नयाँ समूहलाई पहिलो चरणको खोप लगाइरहेका छौं, यसअघि कोही छुटेको भए उहाँहरुले पनि खोप लगाउन सक्नुहुनेछ’, उनले भने ।

बाँकेमा ३२ हजार ४ सय डोज भेरोसेल खोप आएको छ । सम्बन्धित वडा कार्यालयमार्फत खोप लगाउन कार्य भैरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया