जुनसुकै तेल प्रयोग हानिकारक हुन्छ स्वास्थ्यका लागि । साधारणतया नर्मल रुम टेम्पेचर भन्नाले २४/२५ डिग्रीमा जुन तेल जम्छ त्यसलाई सेचुरेटेड भनिन्छ, जुन चाहीँ लिक्विड फर्ममै हुन्छ, तोरिको तेल, सोयबिन तेल, सुर्यमुखी तेल अनसेचुरेटेड तेल हो । हाम्रो शरीरका लागि सेचुरेटेड भन्दा अन सेचुरेटेड तेल राम्रो हुन्छ ।
आजकाल हामीले धेरै सुनेका छौं, ओमेगा भन्ने । यो हाम्रो शरीरका लागि चाहिले सन्तुलित तेल जुन चाहीँ विभिन्न प्mयाक्टीएसिडबाट बनेको हुन्छ, फ्याक्टीएसिड चाही कुन टाइपको छ ? सेचुरेटेड वा अनसुचुरेटेड छ । र, अनसेचुरेटेड चाही हाम्रो शरीरका लागि राम्रो हो ।
अर्को हाम्रो शरीरका लागि आवश्यक तेलमा इसेन्सियल फ्याक्टीएसिड भन्ने हुन्छ । त्यो भनेको हाम्रो शरीरले बनाउन नसक्ने, हामीले अर्को खानेकुराको सोर्सबाट लिनुपर्ने हुन्छ । त्यो अनसेचुरेटेड तेलमा बढी मात्रामा पाइन्छ । र, त्यही तेल हुन्छ, ओमेगा थ्रि र ओमेका सिक्स भन्ने ।
तेल मुटु स्वास्थ्यका लागि जोडिएको वस्तु हो । तोरीको तेल बनाउँदा पनि फ्याक्टीएसिडको बनोट हुनुपर्छ । जस्तो हामी भन्छौं धारा तोरीको तेलले मुटु बलियो बनाउँछ भने । त्यसमा तेल तयार गर्दा ब्यालेन्स हुन्छ, ओमेगा थ्रि र ओमेगा सिक्सको । शरीरलाई चाहिने रेसियोमा धारा तेल बनाइन्छ । त्यही भएर मुटु दह्रो बनाउँछ धारा तेलले भनिन्छ । दह्रो बनाउँछ भन्दा पनि मुटुलाई हानी नोक्सान नपुर्याउने तेल हो ।
सीमावर्ती सहर भएकाले भारतीय बजारबाट पनि तेल आउँछ, त्यसमा हुने समस्या के हो ?
तेल चाहीँ भर्जिन ग्रेड र प्रोसेस हुन्छ । भर्जिन भनेको चाहीँ कुनै मेकानिकल प्रविधि प्रयोग गरेर, पेलेर निकालिएको तेल हो । विदेशबाट आउने प्रायजसो तेल रिफाइन भएर आउँछ । रिफाइन भनेको केमिकल तथा हाइ टेम्पेचरमा तेललाई तताएर तयार गरिएको हुन्छ । हाई टेम्पेचरमा तताएको तेल हाम्रो शरीरका लागि राम्रो हुँदैन ।
भारतबाट आउने तेलमा समस्या छ । अक्सर केमिकल प्रयोग गरेर बनाइएको तेल हुन्छ । जुन मानवीय स्वास्थ्यका लागि राम्रो हँुदैन । तर, त्यसका बारेमा लेखिएको पनि हुन्छ । भारतमा विभिन्न तेलको मिक्सिङ गरेर अर्को ब्राण्डको तेल बनाउन सकिन्छ । हाम्रो नेपालमा त्यस्तो कानुनी रुपमा त्यस्तो तेल उत्पादन गर्न पाइँदैन । जस्तो नेपालमा तोरी र भटमासको तेल मिलाएर तेल बनाउन सकिंदैन । तोरीको तेल भनेपछि तोरीको मात्रै हुनुपर्छ नेपालमा । भारतमा भने विभिन्न प्रकारको तेल मिलाएर अर्को तेल बनाइन्छ । मिक्स तेलमा विभिन्न केमिकल प्रयोग हुन्छ, जसले शरीरलाई हानी पुर्याउँछ ।
जोखिममा मुटु