पत्रकार जनचासोबारे अभिमूखिकरण

नेपाल पत्रकार महासंघले नेपालगन्जमा जनचासोका विषयमा सञ्चार सामाग्री उत्पादनका लागि पत्रकार अभिमूखिकरण आयोजना गरेको छ । महासंघ केन्द्रिय समितिको आयोजनामा शुक्रबारबाट अभिमूखिकरण कार्यक्रम सुरु गरिएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जनचासोको रिर्पोटिङ गर्नका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पत्रकारका लागि अभिमूखिकरण गरिन लागेको बताए । उनले यी प्रदेशका सम्भावित विषयबारे सहभागीसँग छलफल पनि गरे । अभिमुखिकरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको पत्रकार महासंघले जनाएको छ ।


शुक्रवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्व केन्द्रीय सदस्य एवम् बाँके शाखाका पूर्वअध्यक्ष झलक गैरे, शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीले विषयबस्तु बारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कमल डाँगीले गरेका थिए । आज शनिवार दोस्रो दिन वरिष्ठ पत्रकार हरिबहादुर थापाले पत्रकारलाई अभिमूखीकरण गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया