संसारका हरेक राष्ट्रले आफ्नो देशको पहिचानको रक्षा गर्न छुट्टै भाषानीति, सँस्कृति संरक्षण गर्न पृथक सँस्कृति नीति, धर्म परम्पराको रक्षार्थ त्यहाँको बिषशाधिकारको नीति, सभ्यताको प्रचार प्रसार र त्यसलाई विश्वव्यापिकरण गर्ने छुट्टै त्वरितसंयन्त्रहरुको व्यवस्था गरेको हुन्छ । नेपालमा हरेकपटक बनेका संविधानहरुले कुनै न कुनै रुपमा यस सम्बन्धमा पुरै नबोलेता पनि कम्तिमा भाषाका सम्बन्धमा केहि व्यवस्था भने गरेको पाइन्छ । तर देशको मौलिक धर्मसँस्कृति र सभ्यताको रक्षार्थका सम्बन्धमा छुट्टै नीतिबनाएर लागू गरेको पाइँदैन । नेपालको राजसत्तामा बिगत चारदशकमा कुनै न कुनै रुपमा बस्नेहरुले नेपालको मूल धर्मसँस्कृति, भाषा र सभ्यताको रक्षामा नीति बनाउनु त परै जाओस् बरु यसको उछितो काढ्नेहरुलाई पुरस्कृत र सम्मानित गर्नमा नै आफ्नो उर्जा खर्चेका छन् । नेपालको मूल मूलधर्म सँस्कृतिलाई गाली गर्नमा नै आफुलाई ‘क्रान्तिकारी’ देखिएकाछन् । नेपाली शासकहरुको चाकडी विदेशीको धर्मसँस्कृति भाषा र सभ्यतामा नै कटेको छ । हिन्दूहरुलाई जति गाली गर्यो त्यति ‘क्रान्तिकारी’ भइने, सनातन समाजभित्र जानेअनजानेमा परम्पराका रुपमा स्थापित हुन पुगेका केहि गलत कुरालाई लिएर हिन्दूहरु भित्र फाटो सृजना गराउनुमा नै उनीहरुले आफ्नो उज्वल भविष्य देख्ने गरेका छन् ।
पछिल्ला दुईअढाई दशकमा त देशका पार्टीहरु, देशको राजनीति, शिक्षानीति, अर्थनीति सबै विदेशीहरुले नै चलाइरहेका छन् भन्दा पनि अतिशोक्ति नहोला । बिशेष गरि नेपालमा यूरोपियन यूनियन, यूएसएड आदी आइएनजीओहरुले मनपरी खेल्न थालेपछिका दिनहरु नेपाली अस्मिताका लागि निकै पीडादायी भएका छन् । उनीहरुबाट धेरै कुरामा नेपाली अस्मिताको हुर्मत लिने काम भएको छ । नेपालका मन्त्रालयमा नेपालका सह सचिवलाई बस्ने कुर्सी होस या नहोस तर आइएनजिओका प्रतिनिधिका लागि बिशाल अफिस सेटअप गरिदिने नेपालको सरकारी रवैयाले नेपालको आफ्नो केहि बाँकी राखेको छ भन्ने मै अब शंका हुन थालेको छ ।
गर्दागर्दा यतिसम्म हुन थालेको छ कि हिन्दूहरुका चाडपर्वहरु आए कि यसलाई मनाउन हुन्न, यी पाखण्ड हुन, यसले के दिएको छ भन्दै यो सनातनको उत्पत्तिको देशको प्रधानमन्त्री भैसकेको व्यक्ति समेत समाजिक सञ्जालमा बुरुक्क उफ्रिन्छ । बुद्धिजीविको सर्टिफिकेट दिइएका र बरिष्ठ विज्ञ भनाइएकाहरुको चोचोमोचो हिन्दू सँस्कृतिलाई गाली गर्न मै मिल्छ । हिन्दूलाई अर्को कुनै धर्मको व्यक्तिले धार्मिक प्रताण्डित गर्दा, हिन्दूकी छोरीचेलीलाई जबजस्र्ती वा छद्दम नाम राखेर लवजेहादमा पारेर लग्दा र धर्म परिवर्तन गराउँदा कुनै अपराध हुँदैन । हिन्दूहरु माथि कुनै अपमान हुँदैन । हिन्दूहरुलाई बिभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदा कुनै अन्याय हुँदैन भन्ने नेपालका नेताहरु र यस्तै बुद्धिजीविहरुलाई लाग्ने गरेको छ । त्यसबेला हिन्दूहरुको पक्षमा बोल्ने न कुनै अधिकारबादी हुन्छ, न नागरिक समाज भन्ने हुन्छ । न त कुनै सरकारी संयन्त्र नै हुन्छ न त्यहि हिन्दूको भोटले सत्ताको तरमार्न पुगेको नेता हुन्छ । तर हिन्दू बाहेकको कुनै व्यक्ति जुनकुनै व्यक्तिगत रिसवीका कारण होस या अन्य कुनै कारणबाट अनैतिक कार्यमा संलग्न भएको छ कि त अल्पसंख्यक भएकोले उसलाई फसाइएको हो, उसलाई सजाय हुनुहुन्न, उसलाई हेप्न पाइन्न आदी इत्यादी भन्दै भएभरका अधिकारकर्मीहरु देखि नागरिक समाज र हिन्दूको भोटबाट सत्ताको तरमार्न पुगेको नेतासम्म मैदानमा उत्रिन्छ । यो भन्दा ठूलो तुष्टिकरण के हुनसक्छ ? यो भन्दा हिन्दूप्रतिको घृणाको बाछिटा पोख्ने चरित्र के हुनसक्छ ?
यहाँहरुलाई कत्तिको थाह छ कि छैन ? मक्कामदिनामा गैर मुस्लिमलाई शहरमै प्रवेश निषेध छ । भ्याटिकनमा गैर इसाइलाई प्रवेश निषेध छ । यरुशेलममा यहुदीको मात्रै अधिपत्य भएन भनेर इजरायल प्यालिस्टानी झगडा छ । चारचार लुगाइको अधिकार, खतना र हलाला प्रथाको बारेमा यी कथित बुद्धिजीविहरुको चुँ निक्लिँदैन, दशाँशंको पीडामा गरिबहरु पीडित गराएर पाष्टरहरु मोटाउँदा कुनै अनैतिकता देखिँदैन तर आफ्ना सन्तान बोलाएर भतेर गर्ने अनि दुईमाना अक्षेता मिसएको चामल र सयपचास रुपैयाँ दक्षिणा लिएको पण्डितले कंगाल बनायो भन्न्े भाष्य निर्माण गर्ने नेताबुद्धिजीविहरुको चरित्रमा हिन्दूहरु प्रति अतिपूर्वाूग्रहि सोंच र खोटैखोट छ किन नभन्ने ?हिन्दू सनातनको मूल भूमि, तपोभूमि, ऋषिमुनिहरुको ज्ञानगंगाको भूमि, तिर्थङकरको भूमि, बोन्पोे भूमि, धम्म भूमि, त्रिपिटक भूमि, किँरातभूमिमा यी धर्म इतरकाले जेपनि गर्न पाउने छूट छ किन ? आफ्नै सँस्कृति र सभ्यताको भूमिमा अपमानित भएर बस्न बाध्य बनाइँदै किन ? आफ्नो सभ्यता र सँस्कृतिको रक्षाका लागि अनुरोध गर्नपर्ने दिन आए किन ? आफ्नै भूमिमा रक्षात्मक भएर सर्तुमूर्गले झैं टाउको लुकाएर सिंङ्गो ज्यान बाहिर रहँदा पनि कसैले देखेको छैन मलाइ भन्दै संसार सुरक्षित रहेको नाटक गर्न परेको छ किन ? कसले गर्दा ?
यो बिषयमा नेपालका सनातनीहरुसँग चित्तबुझ्दो जवाफ नै छैन । उनीहरुको चाला त भन्ने सनातनी हो, चन्दन निधारभरि खसेर रामनामी भिरेर अब नेपाल त सबै सनातनीहरुको मात्रै भएको छ भन्ने तर भित्रभित्रै इसाइका दरबारहरु, कम्यूनिष्टका ढोकाहरु, इफ्तारका भतेरहरुमा मुख्य अतिथि बन्नेमा नै बितेको छ । सर्वधर्म समभावको चुत्थो कुरा लिएर फेरिपनि हिन्दुहरुको अपमान गर्दा समेत शान्तिपाठ गर्ने मै बित्ने गरेको छ । राज्यसत्ताले त झन भोट सुरक्षित गर्न मुखमा पानी हालेर हिन्दुहरु नै असहिष्णु, अत्याचारी भन्दै आइएनजिओ र अधिकारकर्मीसँग चोचोमोचो मै आफ्नो भविष्य सुरक्षित देख्दछ ।
धिक्कार छ यस्तो प्रबृतिलाई । धिक्कार छ यस्ता नेताहरुको चरित्रलाई । धिक्कार छ यस्ता अधिकारकर्मी मीडिया र नागरिक समाजलाई । एउटा प्रश्न उनीहरुलाई छ, के हिन्दूले मात्रै पेलिनु पर्ने हो ? के हिन्दुहरुको हुर्मत लिनुलाई नै नागरिक अधिकार, स्वतन्त्रता, शान्ति भनिन्छ ?
अहिले देश जनगणनाको संघारमा छ । जताततै अहिले धर्म र भाषाको बिषयमा चर्चा चलेको छ । कसले के धर्म लेखाउने ? कसले आफ्नो मातृभाषा कुन लेखाउने भन्ने चर्चा छ । एकथरि गुटहरु, मीडिया र राजनीतिक पार्टीहरु नै नेपाली भाषालाई अल्पमतमा पार्न र नेपालको परम्परा देखि चलिआएको धर्मसँस्कृति र सभ्यतामा विदेशी धर्मसँस्कृति र सभ्यताको ब्यापक घुसपैठ गराउन आफ्नो सम्पूर्ण शक्ति लगाउँदै छ । हिन्दुधर्म भित्रका बिभिन्न सम्प्रदायहरु, पूजा पद्धतिहरु र कुल देवता पुज्ने परम्परालाई धर्म भन्दै हिन्दू सनातनबाट अलग्याउनका लागि यूरोपियन यूनियन र भ्याटिकन तथा होलीवाइनका जुठेल्नाहरु भएभरको सामदाम दण्डभेदको शक्ति लगाएर लागि परेका छन् ।
नेपालको आफ्नो बिरासतमा सेंधमारी गर्नमा एकथरि देखावटी हिन्दू तर वास्तविक रुपमा होलीवाइनका प्यादाहरु लागेका छन् ।
नेपालको बिभिन्न स्थानमा बोलिने भाषाहरु धर्मका आधारमा नभएर त्यहाँको स्थानीय जनताको बाहुल्यताको आधारमा बोलिने गरिएको इतिहास छ । हाम्रा स्थानहरु देखि गाउँठाउँ खोलानाला समेतका नामहरु पनि तीनै भाषा र सँस्कृतिका आधारमा रहेको परिप्रेक्षमा अहिले अमुक धर्मको आधारमा विदेशीको भाषालाई ल्याएर जनगणनामा मातृभाषाको रुपमा लेखाउन निकै ठूलो चलखेल भएको छ ।
नेपालका रैथाने भाषाहरु जो भूगोलका आधारमा छन् ती भाषालाई पनि अबको जनगणनाबाट छोट्याइने भएको छ । अवधी भाषा माथि इस्लामको भूमि अरबको अरबी र पाकिस्तानको उर्दू भाषालाई ल्याएर छो्ट्याउन खोजिँदै छ । तर बंगालका मुस्लीम, इण्डोनेशिया मुस्लीम, फिलिपिन्सका मुस्लीम, मलेशियाका मुस्लीम र पछिल्लो इस्लामिक इमारत बनेको तालेबानको देश अफ्गानिस्तानको मुस्लीमले अरबी होइन आफ्नो देशको भाषा ( बंगाली, इण्डोनेशियन, फिलिपिनो, मले, पस्तु ) लाई आफ्नो मातृ भाषा मान्दछ । तर नेपालमा मात्रै नौटङकी गर्न लागिएको छ ।
अर्कोतिर नेपालको पूर्वी तराईको मूल भाषा र नेपाली पछि सबैभन्दा बढि बोलिने भाषा मैथलीलाई आफ्नो मातृ भाषा भन्दा र लेख्दा हिनताबोध गर्ने वातावरण बनाएको त्यहाँको राजनीतिक नेतृत्वले त्यहाँ छिमेकी देशको राजभाषा हिन्दीलाई नै जनगणनामा आफ्नो मातृभाषाको रुपमा उल्लेख गर्नका लागि अभियान चलाएको छ । यसमा राजपा, लोसपा जस्ता आफुलाई मधेशको मसिहा भन्ने पार्टीका नेताहरुले नै अभियान चलाएका छन् ।
यो देशका राजनीतिक पार्टीहरु र नेतृत्वको यो भन्दा दरिद्रता र दुर्दशाको अवस्था अर्को कुनै हुनै सक्दैन । नेपाललाई जताततैबाट चिथोरेर छियाछिया बनाउने र नेपालको मूल धर्मसँस्कृति भाषा र सभ्यतालाई मासेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित देख्ने दुष्ट चरित्रले नेपालको कहिल्यै भलो गर्न सक्दैैन । हिन्दूत्वको जगमा नै टेकेर यसैमाथि घात गर्नेहरुका कारण नै यहाँको सभ्यता र सँस्कृति जोखिमतिर गएको हो । यसलाई झुण्डझुण्डमा रहेर आफ्नो अस्तित्व मेट्न आफै तम्सिएका सनातनीहरुले बेलैमा बुझ्न जरुरी छ । नेपाली अस्मितालाई कोमामा जानबाट बचाउन यो देशका सबै शुभचिन्तक, पत्रकार, वकिल, शिक्षक प्राध्यापक, समाजसेवी र राजनीतिक नेतृत्वले इमान्दारीताका साथ लागेन भने साँस्कृतिक पहिचान बीनाको भूमि रहेर हुने समृद्धि या लोकतन्त्रको न कुनै अर्थ छ न महत्व नै हुनेछ ।