केही बेरमा ओलीको सम्बोधन

नेकपा एमाले अध्यक्ष केपी आज बुधरबार नेपालगन्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् । विहान नेपालगन्ज आएर बर्दिया कार्यकर्ता भेलालाई सम्बोधन गरेका पूर्व प्रधानमन्त्री ओलीले अहिले केही बेरमा बाँकेमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न लागेका हुन् ।

पार्टी विभाजन पछि पहिलो पटक बाँके, बर्दियामा पुग्न लागेका ओलीले वर्तमान राजनीतिक अवस्था र अब पार्टी लिने नीति बारे धारणा राख्ने बताइएको छ ।

भेलाका लागि नेकपा एमाले नेता शंकर पोखरेल मंगलबार नेपालगन्ज आइसकेका छन् । उनी बुधबार विहान नेकपा एमाले बाँकेको कार्यालयमा सहभागी भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया