साहित्यकार सनत रेग्मीकोे आज ७५ औं जन्मदिन । नेपालगन्जमा ६ वटा साहित्यिक संस्थाले यसलाई अमृतोत्सवको रुपमा मनाउँदैछन । १५ वर्ष पहिला लेख्दा उहाँभित्रका तिन व्यक्तित्व क) साहित्यिक ख) राजनीतिक ग) समाजसेवी औँल्याएको थिएँ । अब अर्को पाटो थप्न आवश्यक पर्छ । त्यो हो– नेपाली राजकीय बौद्धिक सत्ताको (नेपाल प्रज्ञा प्रतिष्ठान) उहाँ कार्यकारी हुनु । प्रज्ञा आफैमा नेपाली चिन्तन, दर्शन, संस्कृति, साहित्य सोंचको नेता र नेतृत्व हो । व्यस्थापक हो, सत्ता हो । राजकीय सोचको वर्चश्वशाली तप्काको सांस्कृतिक अनुहार हो । त्यसैले सनतलाई नियाल्दा नेपाली सत्ता सोंच र संस्कृतिका पनि केही छाप पर्न सक्छ ।

मान्छेभित्र अनेकांै मान्छे र फरकफरक व्यक्तित्व हुन्छन । कालान्तरमा अन्यभूमिका, परिचय महत्वहीन हुँदै जान्छन् । समग्र व्यक्तित्वलाई ती सबैले प्रभावित पारे पनि समाजले चिनिरहने मूल पाटो मात्र हो । सनतको अन्य पाटो तपसीलमा परेर साहित्यिक ब्यक्तित्व र कृतित्वनै मूल परिचय हो । उहाँ नेपालगन्जका जीवित पुस्तकालय र इन्साइक्लोपिडिया हो । साहित्यिक राष्ट्रिय व्यक्तित्व साथै सहरका विविध पक्षमा जानकार राख्ने उहाँ भन्दाअहिले उम्दा व्यक्तित्व अरु छैनन् ।

सनतको वहानामा बहस गरौँ । एउटा जीवित व्यक्तित्व माथी लेख्ने र बोल्ने अधिकार राख्नु चुनौतीपूर्ण कार्य हो । सत्य र तथ्यमा टेकेर वक्ता वा लेखकका चुनौती हुन्छन । व्यक्तित्वलाई सिरानी राखेर कथा लेख्ने छुट हुँदैन । स्वय ब्यक्तिले नदेखेका पक्षपनि अरुले देख्न सक्छन ।आफैँबाट पनि व्यक्ति स्वयं ओझलिन सक्दैन । समाजमा कति प्रभाव परिरहेको छ, ऊ स्वयंलाई थाहा नहुँन पनि सक्छ ।
अझ यस्तो अवस्थामा केही प्रसंशाका पुलबाँधेर/बधाएर कलामयचाकरी गर्छन /गराँउछन् अर्का थरी व्यक्ति व्यक्तित्वमा फेरिने क्रममा भएका सामाजिक, राजनीतिक परिवर्तनको संघर्ष, साक्षी र कर्ताका कर्ममा व्यक्तित्वको कुरालाई ओझल पार्छन् वा नकरात्मक पक्ष खोज्न मौँका ढुकेर रौँका चिरा पार्न पनि खोज्छन् ।

पहिचानको मूलपक्ष व्यक्तित्वको मार्केटिंग हुन्छ । कयौँ मान्छेहरु स्वयंपनि आफनै मार्केटिंग गर्छन । हाम्रो समाजमा अझै राजनीतिक संस्कृति अत्यन्तै निम्छरो भएकोले आग्रहले व्यक्तित्वको समीक्षा गरिन्छ । राजनीतिक नियुक्तिले प्राज्ञ हुने देशमा सत्पात्र उचितथलोमा त पुग्छन ! प्रज्ञा नेतृत्वका इतिहास नियाल्दा यो बहस पनि निरर्थक भने छैन । अझ नेपाली साहित्यिक समालोचक नियाल्दा कृति वा कृतिकारलाई या त सर्वगुण सम्पन्न नोवल पुरस्कार योग्य भनेर सगरमाथा चढाइन्छ या त झारपात भनेर केचनामा गाडिन्छन । विषय, प्रसंगबाटै ओझल पारिन्छ ।

सत्ता संस्कृति शक्तिको अभ्यासकर्ता र पुजक हो । सत्ताबाट बाहिरिनु अवसादमा पारिदिन्छ । शक्तिको आराधना र पुज्ने समाजमा जुन कारण र भ¥यांग चढेर आसन ग्रहण गरेको हुन्छ, ब्यक्तित्वको कारक पक्षलाई महत्व र सम्मान दिन छोडेर आसनलाई महत्व दिने कारणले पनि सत्ताहीन हुन कोही चाहँदैन । मुल्यांकनकर्ताबीचको समस्या भनेको सार्वजनिक वुद्धिवादी कर्म (पब्लिक इन्टिलेक्चलिटीको) अभावमा आग्रही चश्माका दुवै स्कूल–संस्कृतिबाट उम्कन अत्यन्तै गाह्रो पर्नु हो । सत्ता अहंकारी हुन्छ, । उस्को चारित्रिक मौलिक गुणले विनम्र हुनै सक्दैन ।

कुनै पनि ठाउँ र समाजको वस्तुस्थिति त्यहाँको कला,साहित्य, पत्रकारिता र खेलकुदको इतिहास र वर्तमानलाई नियालिन्छ । अझ सहमतिमा हिम्मत र विमतिमा विवेक राख्ने पब्लिक इन्टिलेक्चलको अवस्था के छ ? बहस केन्द्रमा के र कस्ता विषय छ्न ? वाचनालय र पुस्तकालयको अवस्था के छ ? जागरुक मान्छेले विवेक र चेतनाका अभ्यास के, कसरी गरिरहेका छन ? तीनले सामाजिक सरोकार कति राख्छन ? भन्ने हुन्छ । नौलो ठाँउमा पुग्दा पहिला म सधैँ त्यहाँका स्थानीय पत्रिका पढने गर्छु, अझ सम्पादकीय पृष्ठ र पुस्तकालय पस्छु । चोकमा ठडिएका सालिक र स्थानीय साहित्यकारका कृतिमा यात्रा गर्छु । के त्यहाँको विवेक, अभ्यास र माटो त बोलेको छ भन्ने हुन्छ । त्यसले त्यो समाजको चित्र र चरित्रको प्रतिनिधित्व गरिरहेको हुन्छ । यस मानकबाट साहित्यकार सनत रेग्मीलाई बुभ्mन प्रयास गरियो भने उहाँ माथी न्याय हुनेछ । साँच्चैको अमृतोत्सवको शुभकामना बन्न सक्छ । षष्ठीपूर्ति १५वर्ष पहिला मनाइयो, त्यस्तै आज अमृतोत्सव मनाइदैछ । नेपालगन्जले सताब्दी शिखरपुरुषको जन्मदिन २५ वर्षपछि मनाउन पाओस् । अमृतोत्सवको शुभकामना….. हमार निमनमनुवा….प्यारो मान्छे….. सनत दाई । जियो, कम मे हो… सौ साल । वह पलका भी इन्तजार करित हैँ ….।

प्रतिक्रिया

प्रतिक्रिया