नेपालगन्जमा नयाँ अस्पताल, सातामा एक दिन निःशुल्क औषधी उपचार

नेपालगन्जमा अर्को अस्पताल सञ्चालनमा आएको छ । शनिबारदेखि लाइफ लाइन जनरल अस्पताल भेरी अस्पताल रोड सदरलाइनमा सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्ज प्रमुख डा. धवल समशेर राणा र वरिष्ठ चिकित्सक डा. गोपाल श्रेष्ठले संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका थिए ।

अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको टिमले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक डा. प्रतिक श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालले साताको एक दिन निःशुल्क स्वास्थ्य परीक्षण तथा सूचिकृत औषधी निःशुल्क रुपमा वितरण गर्ने भएको छ । अस्पतालले दिएको जानकारी अनुसार, कानको निःशुल्क अपरेशनको व्यवस्थापन पनि मिलाइएको छ ।

बालरोग, स्त्रिरोग, छाला, फिजिसियन, नाक, कान, घाँटी, आँखा रोगको उपचार विशेष चिकित्सकले अस्पतालमा गर्नेछन् भने फिजियोथेरापिष्टको पनि व्यवस्था रहेको छ ।

अस्पतालले अस्पताल खोल्ने वित्तिकै नाफमूखि हुने प्रवृत्तिलाई प्रश्रय नदिने बताएको छ । ‘सुलभ शुल्कमा मानवीय सेवाको उद्देश्यले अस्पतालले सेवा दिनेछ’, अस्पतालका सञ्चालक श्रेष्ठले भने । अस्पतालले ठुलो रोग लागेका असहाय बिरामीको उपचारमा पहल गर्ने समेत बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया