मृत्युशैयाका भिष्म बन्ने कहिले ?

शरीर नश्वर छ । कर्म जिवित रहन्छ । असल कर्मको जयजयकार र खराब कर्मको त्याज्यमा मानव जगत क्रियाशिल रहन्छ । मरणशिल शरीरमा रहेका अमर आत्माले गरेका कर्महरु नै ग्रहण गर्नयोग्य र अयोग्य रहन्छन् ।

देश तथा समाजमा रहेका अनैतिक संस्कारले जडा गाडेर बसेका अवस्था छ । हरेक सत्य कुराहरु असत्य हुन्छन् भने हरेक असत्य कुराहरुलाई तर्क जानेका आधारमा सत्य बनाउने व्याख्या गरिन्छ । पद प्रतिष्ठा र पैसामा नैतिकतालाई तौलेर व्यक्ति तथा समाजको मूल्यांकन गर्ने गरिन्छ जवकि उसको नैतिक धरातल के हो र यसले समाजको असल संस्कारमा कहाँनिर असर गरेको छ भन्ने कुराको आकलन समेत गरिदैन । भ्रष्ट र अनुचित कुकर्मको मिलापमा बहुसंख्यक जमात खडा गरेर उच्च प्रश्रय दिने गरिन्छ । मन बचन र कर्मदेखि दिएको विश्वास मतको अवहेलना गरिन्छ । यसो हुनु पक्कै पनि अपाच्य नै हो ।

वेदव्यास पद रहेकाले लेखेका महाभारतमा भिष्मको स्थान उच्च आदर र सम्मानकासाथ लिइन्छ । १८ दिने युद्धको समय सकिएपछि धर्मराज युधिष्ठिर राजा बने । तब सबैसंग भेट गर्नेक्रममा कुरुक्षेत्र बाणशैय्यामा रहेका भीष्मसंग पनि भेटघाट गर्न गएका थिए पाण्डवहरु कृष्णका साथ । यसै अवसरमा कृष्णले पाण्डवहरुलाई शिक्षा दिन आग्रह गरेका थिए । तब भिष्मले ज्ञान भन्दा पनि अनुभवका आधारमा केहि कुराहरु बताएका थिए ।

संसारबाट विदा लिने बेलामा भिष्मले मातृभूमीको टिका ग्रहण गरेर भनेका थिए ः हे जन्मभूमी ! हे मातृभूमी ! मलाई यस संसाबाट जान देउ । राष्ट्रको असल राजनीतिक सूर्यमाकदापि ग्रहण नलागोस् । कृष्णलाई साक्षी राखेर पाण्डवहरुलाई भनेका निम्न कुराहरुका बारेमा हरेक देशका शासनमा बस्नेहरुले थाहा पाउनै पर्ने कुरा बताएका छन् ।

१) मैले गरेको प्रतिज्ञाप्रतिको निष्ठाले मलाई विभाजनमा लग्यो । देवब्रतको जस्तो प्रण नगर्नु जब म जस्ताहरु प्रतिज्ञा गरेर आउदछन तब कोहि न कोहि अर्जुनहरु जन्म लिएर आउँदछ नै ।
२) आज मलाई मेरो शरीरमा रहेका वाणहरु र घाउहरुले भन्दैछ देवभूमि जन्मभूमिलाई चिन ।
३) पश्चातापको मूल्य कुनै आशु हँुदैन ।
४) देशहित भन्दा बढी राजा (शासनमा रहने)को हित हुन सक्दैन ।
५) आर्थिक र सामाजिक अविकासको लागि अतितलाई दोष दिनुहँुदैन । अतित वर्तमानको मदानीमा हुनै सक्दैन ।
६) धर्म विधि र औपचारिकतामा तौलनु हुदैन । अरुको अधिकार र स्वयंको कर्तव्य पालनाको सन्तुलन मिलाउनु नै धर्म हो । यसैले धर्मको पालना गर्नुपर्दछ ।
७) राजा (शासनमा रहने)को दायित्व नागरिकको भन्दा धेरै माथि हुन्छ ।
८) देश विभाजन गर्न चाहने कोहि छ भने कुरुक्षेत्रमा आउनु भन्नुपर्दछ । मातृभूमीको विभाजन हुनै सक्दैन ।जुन मैले गरे र आज यस शैय्या रहनुपर्यो ।

हामीले के सिक्ने त ?
राष्ट्रको जन्मदेखि हालसम्मका शासन र शासनकालहरुमा भएका र गरेका असल विचार र कर्महरुलाई ग्रहण गर्नुपर्दछ जुन घटना र परिघटनाहरु भए ति सबै सत्य नै हुन् । गाई भैसी पालेर जन्ताको सेवा गर्न तत्पर शासकदेखि जनयुद्ध लडेर आएका सबै शासकहरुको शासनकालमा थुप्रै असल र खराब पक्षहरुको व्याख्या विश्लेषण गर्न सकिन्छ नै ।

अहिंसा र हिसाका माध्यमबाट शासन सञ्चालन गर्दै आएका कुराहरु पनि सत्य नै हो । राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरणले गर्दा शासन व्यवस्थामा बस्नेले सदैव अराजनीतिलाई राजनीति मान्ने भ्रम छ । शासनका लागि जेसुकै बलिदानी तयार रहनेहरुको जमात बढ्दो छ । कुसंस्कार र अनैतिक पात्रहरुको बोलवालाले सबै शासकीय शैलीमा काम गरेको देखिनु नेपाली लोकतन्त्र र शासन व्यवस्थाका लागि दूर्भाग्य नै मान्नु पर्दछ ।

दुईतिहाई बहुमतको सरकार रहँदारहँदै पनि राष्ट्र र नागरिक भन्दापनि शासक बन्ने सोचले जनतामा निराशा ल्याएको छ । निराश जनता हुन पक्कै पनि कल्याणकारी राज्यको सपना देख्ने र बाड्नेका लागि शुभ संकेत होइन नै । नैतिक विचलनले प्रश्रय पाउदै आएको अवस्था छ । शासकीय अस्थिरता देखिनु केहि स्वार्थी वर्गको हितमा त होला तर आम जनता र राष्ट्रको हितमा कदापि हुनै सक्दैन ।
दुष्ट मति र निकृष्ट गति भएका शासकहरुले मातृभूमीलाई समेत निहित स्वार्थका लागि दाउमा राख्न सक्छन् ।

अन्त्यमा व्यक्ति तथा समाजभित्र रहेका प्रत्येक कुरुक्षेत्रहरुलाई धर्मक्षेत्रहरु बनाऔ।यहि नै मोक्ष (पवित्र र सर्वोच्च स्थान) हो । यहि नै न्याय¸सुशासन विकास शान्ति र समृद्धि हो । जसमा नेपालका शासकहरुले मृत्युशैयामा गएर सोच्ने होईन । जनमत प्राप्त गरेर शासन सञ्चालनमा गएको बेला सोच्ने हो गर्ने हो र उदाहरण बनेर देखाउने हो ।

प्रतिक्रिया

प्रतिक्रिया