दोस्रो पुस्ताका नेता र युवामा परेको प्रभाव

नेपालको राजनीतिक अजिव अवस्थामा छ । कही कुन गुटको भेला त कहि कुन गुटको । पार्टी फुट्दै चिरा चिरा भएका छन् । पार्टीको नामकरणमा नै समस्या छ । अहिले राखेको नाम भोलि अर्को ब्यक्ति आएर त्यो त मेरो हो भनेर खोसेर लैजान्छ कि भन्ने चिन्ता छ । आज एक नेता एक समूहमा छ र अर्को समूहलाई गाली गर्दै छ । अनि भोलि त्यही नेता आफ्नो समूहलाई छोडदै हिजो गालि गरेको समूहमा बिलिन भएको घोषणा गर्दै छ । हिजो मात्र त्यो नेता राष्ट्रघाती, निरंकुश छ भने भोलि नै त्यो नेता राष्ट्रवादी, क्रान्तीकारी बन्छ । चारैतिर अस्तव्यस्त, भद्रगोल, मनपरी, बैमनस्यता छ अहिलेको राजनीतिमा ।

राजनीति र मुलुकलाई सञ्चारलन गर्ने नीति हो । आफ्ना विचार, सिद्धान्त, नीति, कार्यक्रमले मुलुकलाई हाँक्ने अवधारणा हो । अनि नेता त त्यसलाई कसरी सुरक्षित ढंगले अगाडि लैजाने भन्नेक मस्यौदाकार हुन् । समाजका आइडल मानिस हुन् । जनतामा उत्साह थप्नै प्रशिक्षक हुन् तर परिस्थिति त्यस्तो नभई झण्डै झण्डै उल्टो किन बन्दै छ अनि युवा पुस्ता कहाँ छ, के गर्दै छ भन्नेड विषयमा छलफल गर्न आवश्यक छ ।
यति वेला नेकपा एमाले विभाजित छ विभाजित भई नेकपा एकिकृत समाजवादी बनेको छ । १५वर्ष एमालेको मुख्य रहेका माधव कुमार नेपाल अहिले अर्को नामको पार्टी खेलेका छन् । पार्टी म हो र म नै पार्टी हो भन्ला नेता अहिले एकसाथ छैनन् । पार्टी फुटाउन कस्को हात रह्यो भन्नेै विषय प्रधान बनेर गएको देखिन्छ । हिजो केपी शर्मा वलीले २–२ पटकसम्म संसद विघटन गर्दा माधवका भनिएका, विद्धान भनिएका, क्रान्तिकारी भनिएका, आशा गरिएका नेताहरु केपि शर्मा वलीको चर्को आलोचना गरिरहेका थिए । राष्ट्रघाती, निरंकुश, प्रतिगमनकारी अरु के–के हो के–के… भने गाली गरेक थिए । अझ भनौं कतिले गैर कम्युनिष्ठ, भ्रष्टचारीहरुको नाइके भन्दै सडक सडकमा मानिस उतारी गित, गजल गाइरहेको थिए । नक्केली राष्ट्रवादी भनि दोस्रो तहको नेता भनाउदाहरु वली विरुद्ध कुर्लिरहेको थिए । ओली विरुद्ध देशको पूरै जिल्ला भरि समानान्तर कमिटी बनाइरहेका थिए । कडा कडा शब्दको बाण ओकलिरहेका थिए । माधवको समर्थनमा प्रशंसाका लहरहरु बगिरहेका थिए । अझ नयाँ पार्टी खोल्नको लागि विधान मस्यौदाकारका रुपमा आफूलाई अगाडि बढाएका थिए । वार्ता एक नाटक हो, निरंकुश व्यक्ति संग वार्ता गरेर केही फाइदा छैन भनी कुर्लिरहेका थिए । अनी आफूलाई सच्चा नेताको रुपमा चित्रित गर्दै थिए । केही दिनको समय पछि तिनै दोस्रो तहका नेता भनाउँदाहरु वार्ता गरी पार्टी एक गर्नुपर्छ भनी बोल्न थाले । वार्ता गरे, अल्टिमेटम दिएको जस्तो पनि गरे तर केही दिनमा केपी शर्मा ओली सँग विलिन भएको घोषणा गरे । वाह ! हिजोको प्रतिगमनकारी, निरंकुशताबादी, राष्ट्रघाती, भष्टचारीहरु अरु के–के हो के–के… सबै हरायो । हिजोको त्यहि भिलेन आजको नायक बन्यो । परिस्थितिको किन यस्तो भयो त सोच्दा सोच्दै आम जनता अचम्म छन् ।

पार्टीको नाम जे सुकै पनि हुन सक्छ, चुनाव चिन्ह पनि जे सुकै हुन सक्छ । मुख्य कुरा विचार हो, सिद्धान्त हो, नीति हो, कार्यक्रम हो । पार्टी फोडेर नयाँ दल दर्ता पनि गर्न नसक्ने, सबैभन्दा कडा कडा क्रान्तिकारी कुरा गर्ने, अनि जुनसुकै अवस्थामा पनि नेतृत्वलाई धोका दिन सक्ने अहिलेका दोस्रो पुस्ता भनाउँदाका नेताको छ । हिजो पहिलेको समूहबाट सबैभन्दा लाभ तिनैले लिएका थिए । अनि अहिले पनि अर्को समूहमा लाभको पदको लागि लालयित छन् । हो यहाँनेर हुन्छ विचार सुन्यता जब विचार शुन्यता हुन थाल्छ तब चिरचिटाहरुको अव्यवस्था पैदा हुन थाल्छ । समाजले आइडल मानेका व्यक्ति विषालु सर्पको रुपमा विकास हुन्छ । अनि त्यस्तो प्रवृत्ति केन्द्र हुँदै जिल्ला अनि वडा सम्म फैलन जान्छ ।

नेपाली कांग्रेसमा पनि करिब–करिब परिस्थिति हिजो नटुक्रिएको एमालेको जस्तै छ । कांग्रेस केन्द्रीय महासन्धिवेशनको संघारमा छ । पार्टी भित्र फरक विचार आउनु र स्वाभाविक हुन्छ, त्यस्ले प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा पार्टिलाई जीवन्त नै बनाउँछ । फरक विचार राख्नेल समूहले आफ्नो विचार कार्यकर्ता कहाँ राख्नी सक्छन् । तर चुनाव जित्ने् चाहनामा हिजो मात्र नेता मानेका व्यक्तिलाई आज खराव चित्रण गरी धम्की लगाउने कार्य भएको देखिन्छ । अझ भनौ भने नेतृत्वलाई गाली पनि गर्ने अनि आफु पनि मिल्न नसक्ने समस्या कांग्रेसको यस महाधिवेशनमा देखिएको छ । सभापतिको लागि म…म भन्ने लामबद्ध हुने थुप्रै व्यक्ति देखापरेका छन।छुट्टै दल पनि बनाउन नसक्ने, कडा कडा बोली आफूलाई शक्तिशाली हो भनेर पनि चित्रित गर्ने तर लोभ लाग्दो पदको लागि जता पनि ढल्कन सक्ने अनि नेतृत्वलाई कमजोर बनाउने प्रबृति कांग्रेसको दोस्रो पुस्तामा भनाउँदा नेताहरूमा जर्जर देखिएको छ ।

नेकपा माओवादी केन्द्रमा त झनै दोस्रो पुस्ता पद लोलुपतामा व्याप्त छन् । सबैभन्दा लाभ तिनै लाई चाहिएको छ । कतिबेला नेतृत्वलाई हिर्काएर धोका दिएर मिठो स्वाद चाख्नए पाईन्छ कि भनेर अंकगणित गर्दै बसेको पाइन्छ । स्वादका लागि विचार, चिन्तन, सिद्धान्त सबै बेची अर्कोमा जान पछि पर्ने वाला छैनन् ।

यसरी हेर्दा नेपालको ठूला पार्टी भनेको दलहरुमा दोस्रो पुस्ताका नेताहरूले राजनीतिमा आउन चाहने युवालाई नै तरंगित बनाइरहेका छन् । युवालाई विचारमा शुन्यता बनाई फटाहागिरी, चम्चागिरि, गुटवादी, लम्पसारवादी बन्नश सिकाइरहेको देखिन्छ । एक त राजनितिक फोहोरी खेल हो भन्नेु धेरै युवा पुस्ताको जमात छ । त्यस्मा पनि केही युवा मुलुक बनाउने राजनिति नै हो भनी लाग्दा अन्यौलग्रस्त बनेको देखिन्छ। पार्टी विचारमा चल्ने कुरा हो तर अहिले विचारले नभई नेताले चिन्नेर भएको देखिन्छ । युवामा पनि कसरी नेतालाई खुसी पार्न सकिन्छ भन्नेस ध्येयमा लागेको देखिन्छ, त्यसको लागि के–के खुवाउनु, पर्छ के–कता घुमाउन लैजानु पर्छ, के कति पैसा चाहिन्छ भनि लोभ्याई पद हुत्याउन आतुर भएको देखिन्छ । अझ भनौ यो फर्मुला कति ठाउँमा सफल भएकोमा युवा पनि दङ्ग भएको पाइन्छ ।

त्यसैले यदि मुलुकलाई सहि दिशामा लैजाने हो,विकासमा फड्को लगाउने हो भने पहिलो पुस्ताका नेताले सहि विचार, सिद्धान्त, नीति, कार्यक्रम बनाई संगठनात्मक पद्धतिमा लगि युवालाई आकर्षण गर्नु पर्दछ। कडा पार्टि अनुशासनको विधि अवलम्बन गर्नुपर्छ। सक्षम, योग्य, जनता प्रति गरेको त्याग बलिदान लाई सम्मान गर्दै नेतृत्वमा लैजाने कोशिस गर्नुपर्दछ । दोस्रो पुस्ता नेतावाट यो नयाँ युवापिढिलाई खासै सकरात्मक प्रभाव परेको देखिदैन । त्यसैले आजकाल प्रयोगमा आएको शब्द ‘तरमारा’देखि होसियार । किनकी अहिलेको घटनाक्रम हेर्दा दोस्रो पुस्ताका नेता तरमारा नै हुन् कि भन्ने पुष्टि हँुदै गएको देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया