पुर्व मन्त्री तथा अनुुसन्धानकर्ता डा.गोपाल दहितले अट्वारी पर्वलाई सबैको साझा पर्व बनाउनु पर्ने बताउनु भएको छ । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ जोतपुरमा भएको अट्वारी टिउह्वार (पर्व) को शुुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.दहितले सो कुरा बताउनु भएको हो ।

अट्वारी पर्व हाल पश्चिमा थारु समुदायले मात्र मनाई रहेकोमा सबै समुदायका मानिसहरुले मनाउनु पर्ने आफुुले मान्यता राखेको बताउनु भएको छ । अट्वारी सद्भाब र सामाजिक पर्व भएकोले यसलाई महत्वपुर्ण पर्वको रुपमा बनाउन आवश्यक रहेको धारणा राख्नु भएको छ । यस पर्वले दाजुुभाई दिदीबहिनीहरुको भेटघाट र मेलमिलाप गराउने पर्व रहेको डा. दहितले बताउनु भयो । उहाँले अट्वारीमा आफ्नो दिदीबहिनीहरुलाई कोशेलीको रुपमा अग्रासण दिन जाने एकदमै राम्रो संस्कार रहेको बताउदै, यसको महत्व र आवश्यकता बढाउदै लैजाने कुरामा जोड दिनु भएको थियो ।
शुुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी तथा थारु संस्कृति बिद सुुशिल चौधरीले कार्यक्रममा अट्वारी पर्वको महत्व र आवश्यकताको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अट्वारी पर्वले थारु समुदायलाई सद्भाव र मेलमिलापको बाटो तर्फ दोर्याउने भएकोले यसलाई निरन्तरताको आवश्यकता रहेको बताउनु भएको छ । महाभारत कथाको भिम पत्रको शक्तिशाली क्षमता र हामी सबैको आवस् भन्ने कामनाका साथ उहाँको सम्झना गर्दै पुजा गर्ने गरेको बताउनु भएको छ ।
कार्यक्रममा युनिक नेपालका अध्यक्ष प्रेमबहादुर थारुले थारु समुदायमा रहेको पर्वलाई संरक्षण र प्रवद्र्घन गर्न आवश्यक रहेको बताउनु भएको छ । गुठी संस्थानका पुर्व अध्यक्ष मीनराज चौधरीले नेपाल सरकारले नै अट्वारी पर्वलाई प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
युनिक नेपलका पुर्व अध्यक्ष देवमान चौधरी, शिक्षक संघका अध्यक्ष छप्पुुराम चौधरी लगायतले अट्वारी सम्बन्धिआ–आफ्नो धारणा राख्नुभएको थियो ।

युनिक नेपालको आर्थिक सहयोगमा जंग्रार साहित्यिक बखेरीको आयोजना तथा युनिक स्पोर्ट्स् क्लब र जोतपुर बरघर समितिको समन्वयमा कार्यक्रम भएको थियो । कार्यक्रम जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराको सभापतित्वमा भएको थियो । कार्यक्रममा थारु बुुद्धिजीवि तथा स्थानीय युवा बरघरहरुको सहभागिता थियो ।