खजुरामा साक्षरता दिवस र सम्मान

५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । साक्षरता दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिका भित्रका ३१ जना शिक्षकलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ शिक्षकका रुपमा ३१ जनालाई प्रमाण पत्र दोसल्ला तथा नगद रुपैयाले सम्मान गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक र प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल लगायतले प्रअ तथा शिक्षकलाई प्रमाणपत्र, दोसल्ला तथा नगद रुपैयाले सम्मान प्रदान गरेका थिए ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका उत्कृष्ठ छनौट गरी प्रधानाध्यापक , शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान प्रदान गरिएको हो । शाखाले उत्कृष्ठ हुनका लागि सार्वजनिक सूचना जारी गरी स्वमुल्याकंन फारम भरेकाहरुमध्येबाट ३१ जनालाई छनौट गरिएको शाखा प्रमुख मल्लले जानकारी दिएका |
छन् ।

स्वामुल्याँकन फारम भरेका १ सय ७५ जनाले मध्ये गाउँपालिका शिक्षा समिति तथा शाखाले बिभिन्न आधारहरुलाई ध्यान दिएर उत्कृष्ठ छनौट गरी पुरस्कारमा लाग्ने सरकारी करसहित तीन हजारका दरले पुरस्कृत गरिएको बताएको छ ।

गाउँपालिका शिक्षा शाखा, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल), जन जागरण समाज लगायत बिभिन्न संघसंस्थाहरुको समन्वय सहकार्यमा दिवसका अवसरमा आयोजित कार्यक्रममा खजुराका दुई वटा बिद्यालयका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएका र साक्षरता कार्यक्रमका लागि सहयोग गरेकालाई समेत दोसल्ला तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

तेइस जिल्ला साक्षर हुन बाँकी

हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया