आज भोली बजारमा अनेक थरि विज्ञापन आउने गरेका छन् । आजभोली फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट एवं भ्रमपूर्ण कुराहरुको प्रचार प्रशार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौ । ठण्डा दिमाखले सोचौ त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् । फलफुलको फ्लेवर लगाई कमसल उत्पादनलाई पनि राम्रो भनी उपभोक्ता ठग्ने काम उत्पादकहरुले गरीरहेका छन् ।
बिज्ञापनमा उम्लेको दुधको पोष्टिक तत्व हर्लिक्सले पूर्ति गर्छ भन्छन् त जुस र ड्रिङ्कले बलवान र शक्ति दिने कुरा गर्दछन् । पेय पदार्थ डियु खाएर पहाडका ठुला ठुला ढुंगालाई छल्दै मोटरसाईकल कुदाउन सकिने शक्ति प्राप्त हुने भ्रमण फैलाउने गरेका छन् ।
बिचार गरौ त, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन् त ? कदापी हँुदैनन् । ति त उपभोक्ता तान्न गरिएका आकर्षक ललिपप मात्र हुन् । अर्को हिसावले भन्दा ग्राहक ठग्ने माध्याम हुन् । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्ले पछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस् ।’ ‘तपाईका बच्चाहरुले घरको खाना खाँदैनन ? त्यसैले हर्लिक्स खुवाउनुस, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बिज्ञापनले मानिसलाई बेकुव बनाउने र घरमा उब्जाउ भएका पौष्तिकयुस्त बस्तुको प्रयोगमा निरुत्साहित गर्ने खालका छन् ।
आफ्नो खेतबारीमा उत्पादन भएको जौ को सातु महंगो हर्लिक्स भन्दा कैयौ गुणा स्वास्थबर्धक पौष्टिकयुक्त मानिन्छ । तर मानिसहरु आकर्षक बिज्ञापनका कारण हलिक्स, वनबिटा जस्ता रेडिमेट खाद्य बस्तहरु आफ्ना बच्चालाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हलिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले ‘बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न त अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ । बच्चालाई घरमा नै बनाइएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्धत गर्दछ । कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी बाउआमाका छोराछोरी बढी नै बुद्धिमान हुनु पर्ने तर वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरु तन्दुरुस्त र स्वस्थ देखिएका छन् । उनीहरु नै बलवान देखिएका छन् । बजारीया रेडिमेट खाएकाहरु रोगी र अनावश्यक मोटोपनका शिकार भएका भेटिन्छन् ।
यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले आफ्ना बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट चाउचाउ बिस्कुट जस्ता खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया देखाउनैका कतिपयले यस्ता बस्तुहरु प्रयोगमा ल्याउने गर्दछन् । यस्ता बस्तुको उपभोगमा आफुलाई ठुलो सम्झन्छन् । बजारीया जङ्ग फुट ख्याएकोमा गर्भ गछन् ।
चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका जंग फुट र कोल्ड ड्रिक लगायतका पेय पदार्थले वालवालिको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपुराई घरमा बनाएको खाना भन्दा रेडिमेट उत्पादित खाना दिदा आफना बच्चाहरु बिरामी परेर आज थुप्रै अभिभावकहरु चिन्तित भैरहेका छन् । बच्चालाई स्तनपान नगराई कम उमेरमै बिज्ञापनको भ्रमणमा परि बट्टाका दुध लगायतका बजारीया खाद्य बस्तु ख्याउदा पछि बच्चाको स्वास्थ्य गंभिर असर पारी उपचारका लागी देश बिदेश दौडाउदा पाएको दुःखका कारण मनमनै आफैलाई धिक्कारेका छन् ।
गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझे पछि दाँतमा केही असर नगर्ने भन्ने किसिमका भ्रमपुर्ण विज्ञापनहरु पनि संचार माध्याममा आउने गरेका छन् । यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर यस किसिमका भनाइ बिल्कुलै गलत हुन् । बालबालिकाहरुको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । असली सुनलाई कसि लाउन पर्दैन भने जस्तो राम्रो कुरो त्यसै राम्रो हुन्छ । तर यहाँ त नराम्रो बस्तुलाई बिज्ञापनको माध्यामबाट राम्रो देखाई बिकाउ गरिएको छ । उपभोक्तालाई झुक्याई ठगि गरिएको छ ।
भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्नै पर्दैन । ति बस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर आधुनिकता र अल्छीपनाले गर्दा आज हाम्रा बच्चाहरुको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता बस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको, सहरिया हुनेखाने देखाउनका लागी रेडिमेट खानाको प्रयोग बढीनै मात्रामा गर्न थालेका छौ । आधुनिक र सभ्य कहलिन रेडिमेट सामग्रीको प्रयोग गर्न थालेका छौ ।
भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी बस्तु तथा सेवाका उपभोक्ताहरु जीवनका हरेक पलमा ठगिइरहेका छौ । बस्तुमा मात्र होइन स्वास्थ्य शिक्षा जस्ता सेवामा पनि हामी भ्रमपुर्ण बिज्ञापनका कारण ठगिएका छौ । सेवा गुणस्तर हुने तर बिज्ञापनमा गुणस्तरिय सेवाको प्रचार गरि उपभोक्ता ठग्ने काम भैरहेको छ ।
विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्ने, आधुनिक मोडन देखाउने प्रबृत्ति हामीलमा बढ्दै गएको छ । घरैमा त्यो बस्तु भए पनि पकाउनको झन्झट र स्ट्याण्डर देखाउनका लागी रेडिमेट सामान भित्राउने नराम्रो बानी हामीमा बसीसकेको छ । घरमा मकै भटमास, गहुँ भए पनि चाउचाउ, चाउमिनको नास्ता टक्याउने गरेका छौ । यसले गर्दा थोरै व्यय गर्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छौ । आफ्नो स्वास्थ्य खराब गर्न आफैं लागी परेका छौ ं। यसर्थ विज्ञापनको प्रभावमा परेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभिर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापनको प्रभावमा परेर हामीहरु विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमाखले सोचौ । भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद नगरौ । बस्तु तथा सेवाको गुणस्तर चेक गरौ । वास्तबिकता बुझ्ने गरौ । सजिलो र आकर्षक बिज्ञापनमा भ्रममा परि बालबालिकालाई जंग फुट दिन बन्द गरौ । वास्तविक कुरा बुझ्ने प्रयत्न गरौ । सकेसम्म घरमा उत्पादिन चिजबस्तुहरु प्रयोग गरौ । आधुनिक, सभ्य र स्ट्याण्डर बन्ने नाममा आफ्नै स्वास्थ्य माथी खेलवाड नगरौ । घरेलु उत्पादनका बस्तुहरुको अधिकतम प्रयोग गरौ । आधुनिकता र सजिलोको नाममा आफ्नो स्वास्थ्य नबिगारौ । सामान किन्दा बिज्ञापनको आधारमा होईन गुणस्तरको आधारमा खरिद गरौ । भ्रमपुर्ण बिज्ञापन गरेर बस्तु र सेवा बिकाउने, उपभोक्ता ठगि गर्ने देखि सचेत बनौ । उपभोक्ता हित बिपरित क्रियाकलाप गरि उपभोक्ता ठगि गर्ने उपर कानूनी कारवाही गरौ । (लेखक उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष हुन् ।)