बन्यो बाँकेमा काँग्रेस अधिवेशनको माहोल

क्रियाशिल सदस्यता विवाद मिल्न लागेपछि बाँकेमा काँग्रेस अधिवेशनको माहोल बन्न थालेको छ ।

क्रियाशिल सदस्यताको विषयलाई लिएर उत्पन्न विवादले रोकिएको नेपाली काँग्रेसको २१ जिल्लाको वडा अधिवेशन सुचारु हुने सम्भावना बढेको छ । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता विवाद छानविन, पुनरावलोकन समितिले विवाद समाधानको सैद्धान्तिक सहमति जुटाएपछि वडा अधिवेशनको सम्भावना बढेको हो ।

त्यसक्रममा बाँके र बर्दियामा रोकिएको वडा अधिवेशन भदौको अन्तिम साता हुने सम्भावना देखिएको छ । ‘सम्भवत भदौ २७ गते बाँकेका वडा स्तरीय अधिवेशन हुनेछन्’, काँग्रेस युवा नेता पोषण केसीले छानबिन समितिको निर्णयपछि उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘बुधबारसम्म क्रियाशिल सदस्यताको अन्तिम नामावली तयार हुन्छ ।’ केसीका अनुसार, बाँकेको क्षेत्र नं. १ मा मात्रै ५ सय बढी सदस्यता विवादित रहेको छ ।

काँग्रेस बाँकेका सभापति किरण कोइरालाले क्रियाशिल सदस्यता नआउँदा बाँकेको सदस्यता अन्योलमै रहेको बताइन् । ‘२१ गते वडा अधिवेशन गरिसक्नु पर्ने थियो’, सभापति कोइरालाले विवादका कारण उत्पन्न अन्योलताले कार्यकर्ताहरुमा उत्साह भर्न नसकिएको प्रतिक्रिया दिंदै भनिन्, ‘आशा गरौं छिट्टै विवाद मिलेर सदस्यता सूचि आउने छ ।’ उनका अनुसार, क्षेत्र नं. २ मा पनि सदस्यताका केही अन्योलता रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया