एमाले बाँकेमा गुरुङको नेतृत्व

नेकपा एमालेलाई अदालतको निर्णय अनुसार पुरानै स्वरुपमा लैजाने पार्टी केन्द्रको निर्णय पछि एमाले बाँकेको संरचना फेरिएको छ । जस अनुसार, बाँकेको अध्यक्ष पदमा निरक गुरुङ्ग चुनिएका छन् । साबिकका अध्यक्ष अशोक कोइरालाले नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेपछि उपाध्यक्ष गुरुङ्ग नेतृत्वमा आएका हुन् ।

उपाध्यक्षमा किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री र उपसचिव प्रमोद धिताल छन् । खत्री र धिताल पूर्ववत् पदमा बहाल भएका हुन् । ‘पार्टीका तीन वटै तहले साविकको संरचनामा जाने भनेपछि हाम्रो माग सम्बोधन भएको छ’, सचिव खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘अब भुल्ने, भड्किने कुरै छैन, पार्टीलाई नयाँ स्प्रिटमा अगाडि बढाइनेछ ।’

उपाध्यक्ष कक्षपतिले सबै खाले विवादको टुङ्गो लागेकाले जनतामाझ व्यक्त प्रतिबद्धता पूरा गर्न पार्टी सक्रिय रुपमा अगाडि बढ्ने बताए । ‘हाम्रा लागि यो खुशीको कुरा हो, पार्टी एक ढिक्का भएर अगाडि बढ्ने भएको छ,’ कक्षपतिले भने ।

प्रतिक्रिया

प्रतिक्रिया