अधिवेशनको दौडमा राप्रपा, चयन हुँदै वडा नेतृत्व

राप्रपा बाँके जिल्ला अधिवेशनको दौडमा उत्रिएको छ । त्यसका लागि वडा र क्षेत्रको अधिवेशन अन्तिममा पुगेको पार्टी युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए ।
मंगलबार एकै दिन नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १५ बाहेकका सबै वडा समिति बनाएको राप्रपाले क्षेत्र नं. २ अन्तर्गतका सबै ठाउँको अधिवेशन सकेको जनाएको छ । ‘क्षेत्र नं. १ को नरैनापुर र सोनारी क्षेत्रका केही बाहेक सबै वडा अधिवेशन पनि सकेका छौं’, युवा नेता देवकोटाले दैनिक नेपालगन्जसँग भने, ‘क्षेत्र नं. ३ अन्तर्गतका अधिवेशन तिज लगत्तै गर्ने कार्यक्रम रहेको छ ।’


नेपालगन्जमा वडा नं. १ को नेतृत्व तारामान कुँवर, २ मा सुरेन्द्र हजुर मल्ल र ३ मा अमन गुप्ता निर्वाचित भएका छन् । वीरेन्द्र कुमार रावत, कैफुलबरा अन्सारी, रविन थापा, गौरव चन्द, विजय बैश्य, बिक्रम खरेल, सुरेश शर्मा र कृष्णा पाण्डे क्रमशः वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ को नेतृत्व सम्हाल्ने गरी अध्यक्ष चुनिएको राप्रपाले जनाएको छ ।


त्यस्तै, वडा नं. १२ मा तेज बिक्रम शाह, १३ को विपिन श्रीवास्तव, १४ मा रिख्खी बर्मा, १६ मा रोशन अली अन्सारी, १७ चेतराम बर्मा, १८ नोमलाल कुर्मी, १९ खिम बहादुर खत्री र २० राधेश्याम यादव निर्वाचित भएको युवा नेता देवकोटाले जानकारी दिए । वडा नं. २१, २२ र २३ मा क्रमशः राजकुमारी, गुरुद्दिन यादव र शोभाराम खटिक निर्वाचित भएको युवा नेता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया