संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ।
अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले बिबिसी सँग भने, “हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल-कायदा षड्यन्त्रकारीहरूमाथि कारबाही भएको थियो।”
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मशीन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए।
बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटका अनुसार बाहिरिन लागेका अमेरिकी सैनिक र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमनेसामने भएका थिए।
अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्किन लागेपछि तालिबानको समूह विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आएको थियो।
यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकाबाट सेना फिर्ता गर्ने बताएका थिए।