मानसिक स्वास्थ्य समस्या प्रतिकार्यका उपाय

दिपक शर्मा
मनोविद्


पछिल्ला समयमा आम नागरिकको बढ्दो हेलच्याक्राईका कारण पनि होला नेपालभर कोरोना संक्रमितको केश बढ्दो अवस्थामा रहेको छ । आइतबार मात्रै नेपाल भरी झण्डै १ हजार ९ सय २० नयाँ संक्रमित थपिएका छन् । विगतको कोभिडले जस्तै अहिले मानिसहरुमा कोभिड रोकथाम र प्रतिकार्यका लागि अनुकुलित भएको जस्तो आभास भए पनि यो त्यति सहज भने पक्क नहुन सक्छ । कोभिडले मानिसमा विभिन्न खालका डर, तनाव, चिन्ता, भय र नकरात्मक सोंचमा विकास गरेको पाइन्छ भने त्यसबाट मानसिक स्वास्थ्य समस्यालाई थप जटिलता उन्मुख हुनबाट सबैले सचेत हुनुपर्ने अवस्था भने पक्कै आएको हो ।


विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले गर्दा अग्रपन्तिमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स एंव शव वाहनका चालक देखि सामान्य जनसमुदायमा डर त्रास र अन्योल्ताको भावना पैदा भएको छ । अब के होला? हाम्रो भविष्य के होला? हाम्रो पढाई के होला?अब मरिन्छ कि वा आफ्ना प्रियजनलाई संक्रमित भई गुमाउनुपर्ने हुन्छ कि भन्ने जस्ता विभिन्न खाले सोचाई र नकरात्मक भावनाहरु आम समुदायमा आउने गरेको पाइएको छ । यस्तो विषम परिस्थीतिमा पत्रकारहरुले आफ्नो मानसिक र मनोसामाजिक स्वास्थ्यको ख्याल राख्नका लागि आवश्यक कुराहरु प्रस्तुत गरिएको छ ।


कोभिड १९ माहमारीको चपेटमा लगभग विश्वको सबै देशहरु परेको छ । फरक यति मात्रै हो कतै धेरै भने कतै थोरै । कुनै निश्चित व्यक्ति, जात, धर्म, पेशा सँग जोडिएर आएको पनि होइन् । कोभिड १९का कारणले आफ्नो साथी तथा आफन्तलाई गुमाउनु परेको छ । यो कसैबाट गल्ती भएर भएको होईन् । यस अवस्थामा संक्रमित व्यक्तिलाई साथ, सहयोग, करुणाको आवश्यकता पर्दछ ।

यस बेलामा तपाई तथा सहकर्मीहरुमा कामको चाप वा दवावको अनुभव हुन सक्छ । तनावको कारणले तपाईलाई अफ्नो काम गर्न नसकेको र कमजोर महशुस भएको अनुभवको महशुस पनि हुनसक्छ । अहिलेको असामान्य परिस्थितिमा यो सामान्य अनुभव नै हो भनेर बुझ्न जरुरी छ । यस्तो बेला शारिरीक स्वास्थ्य तथा मानसिक स्वास्थ्यको पनि ख्याल गर्नु उत्तिकै महत्वपुर्ण हुन्छ ।

तपाईले यस समयमा आफ्नो ख्याल गर्नुपर्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पर्याप्त निद्रा, सन्तिुलित खाना, शारिरिक व्यायाम, आफन्तजन सँग कुरा गरेर आफूलाई ख्याल गर्न सकिन्छ । केही व्यक्तिले हालको तनावलाई कम गर्न सुर्ति, रक्सी तथा अन्य लागूपदार्थबाट सेवा गर्नुहुन्छ । यस्तो सेवनले क्षणिक समस्याको समाधान मात्रै गर्छ भन्ने बुझनु जरुरत हुन्छ । दिर्घकालिन रुपमा यसले शारिरिक तथा मानसिक स्वास्थ्यलाई असर पुर्याउछ ।

केही व्यक्तिले दुर्भाग्यवश उनीहरुको समाज तथा परिवारद्धारा डर र लाञ्छनाको कारणले गर्दा बेवास्ता को पनि अनुभव गर्न सक्दछन् । यसले अझ चुनौतीपूर्ण अवस्था सिर्जना गर्दछ । यदि सकिन्छ भने आफ्नो प्रियजन सँग निरन्तर सम्पर्कमा रहनु पर्दछ । आफुले विश्वास गर्न सहकर्मी, हाकिम (सम्पादक) मार्फतसहयोग माग्नु भने हिचकिचयाउनु हुदैन । के थाहा तपाईको सहाकर्मीले पनि यस्तै खाल्को परिस्थितिबाट सामना गरिराख्नुभएको छ की ?

इन्टरनेटमा बढी समय नबसौ । धेरै समय सामाजिक सञ्जालमा बिताउने भएको कारणले आफ्नो परिवारसंग टाढिदै जाने हुन्छ र सामाजिक कार्यहरु छोड्दै जाने, बोल्न हिचकिचाहट हुने, झर्किने, रिसाउने, झगडा गर्ने वा मन नपर्ने जस्ता व्यवहार देखिन थाल्छ । आफुले दिनदिनै मृत्युको दृश्य, सबहरुको काउन्टडाउन र रिर्पोटिङ गर्दा वा समाजिक सञ्जालमा समेत आइरहँदा आफूलाई झन गाह्रो बनाउन सक्छन् । आत्मबलमा कमी आउन सक्छ । त्यसैले इन्टरनेट चलाउन समय छुट्याउने बानी बसालौ । जस्तै फेसबुक नचालाई म्यासेन्जर चालाएर आफन्तसँग कुरा गर्न सकिन्छ । हरेक ४० मिनेटमा बसेको ठाउबाट उठ्ने, वरीपरी हेर्ने गरौ । त्यसैगरी कम्प्युटर तथा मोबाईलमा गेम खेल्ने नगर्ने । यसको लत बस्न गई काममा बाधा आउन सक्छ ।

कोभिड–१९को आँत्तिने, छटपटिने गर्नुृपर्ने होइन, विस्तारै हामी सामान्य अवस्थामा फर्कन्र्छौ, त्यतिखेर हाम्रा अहिलेका अप्ठ्यारा भावना तथा सोचाईहरु आफै हराएर जाने छ । यदी कुनै पनि बेला नकरात्मक भावना आउन थाल्यो अथवा धेरै कुरा सोच्न थाल्यो भने श्वास प्रश्वासको अभ्यास तथा सुरक्षित अवतरण (Safe Grounding)को अभ्यास गर्दा सहज हुने हुन्छ ।

अहिलेको परिस्थितिममा हामी सबैलाई मनमा डर लाग्ने, पीर चिन्ता लाग्ने, शरीर भारी हुने, निन्द्रा गडबडी हुने, शरीरमा पीडा वा दुखाइ महसुस हुने हुन्छ । हाम्रा यी भावना, सोचाईहरु अहिलेको महामारीको असमान्य अवस्थामा देखिएका सामान्य असरहुन् भनेर बुझनु पर्दछ । सवाट आँत्तिने, छटपटिने गर्नुृपर्ने होइन, विस्तारै हामी सामान्य अवस्थामा फर्कन्र्छौ, त्यतिखेर हाम्रा अहिलेका अप्ठ्यारा भावना तथा सोचाईहरु आफै हराएर जाने छ । जसरी अघिल्लो बर्ष गएको थियो ।

त्यसै गरि कहिलेकाही आत्महत्याको सोचाई पनि आउन सक्दछ । यस्तो बेलामा तुरुन्तै मनोपरामर्शकर्तासँग भन्नु पर्दछ, उनले आवश्यक सहयोगका बारेमा जानकारी दिने तथा थप उपचार सहयोगकालागि बताउन सक्ने छन् । निराशा, आत्महत्याको सोचाइ, पीर चिन्ताका भावनालाई मनोसामाजीक परामर्श र मनोचिकित्सकको सहयोगवाट सामान्य अवस्थामा ल्याउन सकिन्छ । थप जानकारी पनि यी नंम्बरमा फोन गरेर बुझन तथा परामर्श लिन सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया